Logo बैशाख २९, २०७८ बुधबार


हरिश कल्पितको कथा संग्रह ‘ग्याब्रियले’ सार्वजनिक

काठमाडौं । कथाकार हरिश कल्पितको कथा संग्रह ग्याब्रियले सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमकाबीच कल्पितको कथासंग्रह ‘ग्याब्रियले’ सार्वजनिक गरिएको हो।

कथाकार कल्पितकी आमा प्रेमकुमारी सुवेदी प्रकाशक रहनुभएको कथा संग्रह उहाँकै ८६औँ जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । कथा संग्रहको सार्वजनिक कथाकारकी आमा प्रेमकुमारी सुवेदी र वरिष्ठ पत्रकार भैरव रिसालले गर्नुभएको थियो ।

नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा ज्ञानु अधिकारी तथा नवराज तिमिल्सिनाले कथा संग्रह ग्याब्रियलेका बारेमा समालोचकीय मन्तव्य राखेका थिए।

कार्यक्रममा वरिष्ठ पत्रकार रिसालले कथाकार कल्पितले आमाको जन्मदिनमा सदैव जीवन्त रहने उपहार प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो।

२७५ रुपैयाँ मूल्य रहेको ‘ग्याब्रियले’मा १३ वटा कथा संग्रहित छन् । ‘ग्याब्रियले’अर्थात ईश्वर नै मेरो शक्ति भन्ने यूरोपियन बालिकाको नामबाट कथा संग्रहको नाम जुराइएको र यो सत्य घटना भएको कथाकार कल्पितको भनाइ छ । लामाे समयदेखि जापान बसाइमा रहनुभएका कथाकार कल्पितले त्यहाँ रहँदा प्राप्त विभिन्न विदेशी पात्रहरूकाे कथाव्यथा समेटेर कथा लेखिएकाे बताउनुभयाे ।

सामाजिक घटनाक्रमको यथार्थ चित्रण गरिएको कथा संग्रह ‘ग्याब्रियले’ले समाजमा घट्न सक्ने नकारात्मक घटनाप्रति सजग गराउन सन्देश दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…