Logo बैशाख ३१, २०७८ शुक्रबार


खनाल-नेपालको पत्रकार सम्मेलन अपरान्ह २ बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आज अपरान्ह २ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा पत्रकार सम्मेलनको आयोजना गरिएको सचिव योगेश भट्टराइले जानकारी दिनुभयो । भोली चैत्र ४ र ५ गते राजधानीमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलाका सन्दर्भमा दिउँसो पत्रकार सम्मेलन बोलाइएको हो ।

खनाल-नेपाल समूहले देशभरिका नेता कार्यकर्तालाई पार्टीमा उत्पन्न पछिल्लो अवस्थाबारे प्रष्ट पार्न र बदलिँदो परिवेशमा कार्यकर्ताको भूमिका कस्तो हुने भन्नेबारे जानकारी गराउन राजधानीमा भेला बोलाएको जनाएको छ । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा संकट उत्पन्न हुनुका कारण, संकट निवारणका लागि आफूहरुले गरिरहेको प्रयास तथा अब खेल्नुपर्ने भूमिकाबारे नेताहरुले प्रष्ट पार्ने र कार्यकर्ताका सुझाव लिन राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको उल्लेख गर्नुभयो ।

‘सर्वोच्च अदालतको पछिल्लो फैसलाले पार्टी ब्युँतिए पनि अब कसरी अघि बढ्ने भन्नेबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले परामर्श गर्नुको सट्टा एकलौटी अघि बढिरहेको, स्वेच्छाचारिता झन बढाएको र गत फागुन २८ गते गुटको बैठक बोलाएर अनाधिकृत निर्णय गरेकोले आफूहरुले पनि कार्यकर्तालाई सचेत पार्न भेला आयोजना गर्नुपरेको हो’ उपाध्यक्ष शाक्यले जनतासमाचारलाई जानकारी दिनुभयो ।

ओली समूहले वरिष्ठ नेताद्वय खनाल र नेपाल पक्षधर नेताहरुसँग सोमबार अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बोलाए पनि कुनै सहमति बन्न सकेन । बैठकमा वरिष्ठ नेता नेपाललगायतले ओली गुट बसेर २८ गते गरेको एकलौटी गरेको निर्णय खारेज गर्नुपर्ने अडान राखेको र ओलीले त्यसलाई सँच्याएर अघि बढ्न सकिने तर खारेज गर्न नसकिने अडान लिएपछि बैठक विना निष्कर्ष टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…