Logo जेठ ३, २०७८ सोमबार


निलमज फेसन रनवेको अडिसन शुक्रवार हुने

काठमाडौं । क्रमशः इन्टरटेन्टमेन्टले निलमज फेसन रनवेको आयोजना गर्ने भएको छ ।

मोडलिङ क्षेत्रमा स्कुप खोजिरहेका युवतीहरुका लागि उपर्युक्त प्लेटफर्म प्रदान गर्ने उदेश्यले फेसन रनवेको आयोजना गर्न लागिएको हो । कार्यक्रमको संयोजन मोडल तथा मेकअप अर्टिस्ट निलम पौडेलले गर्दैछन् । उनी नेपालको चर्चित ट्रान्स मोडल हुन् ।

फेसन रनवेमा सहभागी हुन इच्छुक युवतीहरुको अडिसन यही १९ मार्च अर्थात आउदो शुक्रवार हुँदैछ । ठमेलस्थित फरेनहाइटमा हुने अडिसनमा १८ देखि २८ वर्षका युवतीहरुले सहभागीता जनाउन सक्नेछन् । तर उचाइ भने न्यूनतम ५ फिट ६ इञ्च हुनुपर्नेछ ।

यस्तै अडिसनमा सहभागी हुन इच्छुक मोडलहरुका लागि ट्याङ टप,फिटिङ जिन्स र हिल जुत्ता ड्रेस कोड दिइएको छ ।

अहिलेको अत्याधुनिक युगमा समेत ग्ल्यामर क्षेत्रलाई हेर्ने दृष्टिकोण साँघुरो रहेको बताउदै संयोजक निलम भन्छिन्–यो फेसन शोको मूख्य थिम नै ती सोंचहरुलाई बदल्नु हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…