ओलीको निर्णय विधानविपरित छ, हामी मान्दैनौं : उपाध्यक्ष गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्याक्ष वामदेव गौतमले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत फागनु २८ गते गर्नुभएको निर्णय अमान्य भएको बताउनुभएको छ । अध्यक्ष ओली तथा उहाँ निकट सानो गुटले गरेको निर्णय पार्टीको विधानविपरित भएकाले अमान्य भएको गौतमले बताउनुभएको हो ।
पार्टी एकता अभियानमा लाग्नुभएका गौतमले बल्खुको सिद्धि गणेश पार्टी प्यालेसमा आयोजना गर्नुभएको नेकपा एकता अभियानको केन्द्रीय सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधान गर्दै दुई पार्टी मिलाएर नेकपा पुनः ब्युझाउनुपर्ने बताउनुभएको छ । उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गर्नुभएको नेकपा पार्टी एकताका लागि तयार नै भएको तथा नेकपा एमाले पनि त्यसतर्फ लाग्नु पर्ने बताउनुभयो ।
उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले दिनुभएको जानकारी अनुसार सर्वोच्च अदालतले नेकपा नाम खारेज गरेपनि दुई पार्टीबीचको एकता कायमै राख्न नयाँ बाटो खोजेर अघि बढ्नुपर्ने गौतम समूहको धारणा छ ।
बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले संसद विघटनपछि दुवैलाई मिलाउनका लागि विचार आदानप्रदान गर्न आफूहरूले ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेभित्र केही अन्तरविरोध थिए र अहिले पनि छ। झन् अहिले त्यो अन्तरविरोध चर्किएर जाने देखिन्छ। अध्यक्ष ओली र माधवकुमार नेपाललाई भेटेर नै पार्टी एकताबद्ध हुन अनुरोध गरेँ, तर त्यसो हुन सकेन।’
उहाँले प्रधानमन्त्री ओलीबाट अपेक्षा गरिएअनुसारको कार्यदक्षता नपाइएको गुनासो गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली एमालेको संरक्षक मात्र होइन मुलुककै संरक्षक समेत हुनुहुन्छ तर त्यो अनुसार उहाँले काम गर्न सक्नु भएन।’ गौतमले भन्नुभएको छ, ‘ओलीले ‘मलाई साथ दिनुस्’ भन्नुभयो। मैले ‘मेरो सुझाव माने आउँछु नभए म पार्टी एकता अभियानमा छु र पार्टी एकता अभियान नै चलाउँछु’ भनेँ।’
ओलीले भएका त्रुटिहरू सच्याएर एकताबद्ध हुने वातावरण सिर्जना गर्नुपर्ने गौतमको भनाइ छ।
पार्टी एकता अभियानको कार्यसमितिको प्रस्तावः