Logo जेठ ३, २०७८ सोमबार


मुलुक संगीन मोडमा, आवेग र उत्तेजनाले दुर्घटना : भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख योगेश भट्टराईले देश संगीन मोडमा पुगेको बताउनुभएको छ । नेकपा एमाले (माधवकुमार नेपाल) पक्षले आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख भट्टराईले देश संगीन मोडमा पुगेको बताउनुभएको छ ।

भट्टराईले आवेग र उत्तेजनाले मुलुकलाई दुर्घटनामा लैजाने भएकाले धैर्यता अपनाउन सबै नेता तथा कार्यकतामा आग्रह गर्नुभयो ।

नेपाल पक्षले भोलि र पर्सी (चैत ४ र ५ गते) आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको बारेमा जानकारी दिँदै भट्टराईले भन्नुभयो, ‘बुद्धको देशमा शान्तिको भाषा हुन्छ, आज बालुवाटारमा बोलिएको भाषा शक्तिको भाषा हो त्यसलाई पार्टी अध्यक्षले बदल्नुपर्छ ।’

‘भोलि आयोजना गर्न लागिएको भेलालाई नजर लगाउने भन्नुभएको छ’, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै भट्टराईले भन्नुभयो, हामी भन्छाैं त्यो भेलाको तपाई नै उद्घाटन गनुहोस् ।’

गुटगत भेला गरे पार्टीको विधान बमोजिम कारबाही गर्ने अध्यक्ष ओलीको भनाइको जवाफ दिदै भट्टराईले भन्नुभयो, ‘कारवाही खानका लागि एकपछि अर्को लामवद्ध छौं ।’ उहाँले भन्नुभयो, ‘तपाईले गर्ने कारबाहीको खान तयार छौं तर तपाईलाई इतिहासले कारवाही गर्नेछ, त्यो बेला तपाईका लागि दुई थोपा आँसु चुहाउने पनि कोही हुनेछैन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…