दुई वर्षमा पनि बनेन संसद भवन छेउकै आकाशे पुल (फोटोफिचर)

काठमाडौं । संसद भवनको छेउमै रहेको नयाँ बानेश्वर चोकमा निर्माण शुरु गरिएको आकाशे पुल दुई वर्ष बितिसक्ता पनि निर्माण पुरा हुन सकेको छैन । राजधानीकै अति व्यस्त मानिएको नयाँ बानेश्वर चोकमा दैनिक लाखको संख्यामा पैदलयात्रीले सडक पार गर्ने गर्दछन् । अति व्यस्त चोकमा डिभिजन सडक कार्यालयले निर्माण गरिरहेको यो पुल २०७५ चैतमा निर्माण सम्झौता भएको थियो । गत भदाैंमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण दक्ष जनशक्ति ल्याउन नसकिएकाले पुल निर्माणमा ढिलाई भएको कार्यालयले बताएको थियो । तर लकडाउन सकिएर सामान्य अवस्थामा फर्किएको महिनौं बितिसक्दा पनि पुल निर्माणमा ध्यान दिएको देखिदैन ।