Logo बैशाख ३, २०७८ शुक्रबार


नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरमा शुरु, यी हुन् भेलाका कार्यसूची

ललितपुर । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरमा शुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेकपा एमालेका वरिष्ठ नेताद्वय मनधवकुमार नेपाल र झलनाथ खनाल पक्षको आयोजनामा आजदेखि राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको हो । ललितपुरको हेरिटेज गार्डेनमा आयोजना गरिएको भेला दुई दिनसम्म जारी रहनेछ ।

भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेता÷कार्यकर्ताको सहभागीता रहेको छ ।

भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने कार्यसूची छ । अवधारणा पत्रमा छलफल गर्न टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको छ ।

भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्नुहुनेछ ।

राष्ट्रिय कार्यकर्ता भेलाबाट एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटी नै कायम गर्ने नेपाल पक्षको योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…