Logo जेठ ३, २०७८ सोमबार


पार्टीलाई एकताबद्ध बनाउन भेला गरिएको हो : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताउनुभएको छ । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकताबद्ध बनाउन भेला आयोजना गरिएको बताउनुभएको हो ।

उहाँले भेलाले कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने बताउनुभयो । नेता नेपालले भेलालाई सकारात्मक र रचनात्मक रूपमा लिन आग्रह समेत गर्नुभयो।

उहाँले आजसम्मका सबै समस्या केपी ओलीका कारण भएको बताउनुभयो । ओलीलाई इमान्दार कार्यकर्ता नचाहिने भन्दै नेपालले ओलीलाई आलोचना मन नपर्ने बताउनुभयो ।

नेता नेपालले सर्वोच्च अदालतले पूर्व एमाले ब्यूँताएर आफूहरु पूर्व एमालेमा जानु भनेको ओलीमा समाहित हुन नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामी एमालेमा जानु भनेको ओलीमा समाहित हुनु होइन । हामी पनि एमालेमा गएका हौँ र ओली पनि एमालेमा आएका हुन
। ओली त आफूलाई नेपाल कम्युनिष्ट पार्टीका पहिलो अध्यक्ष भन्थे अनि हामी पूर्व एमालेमा जाँदा कसरी ओलीसँग गएको हुन्छ ।

नेपालले आजको भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी पक्षबाट पीडित भएका कार्यकर्ता र पीडित भएका नेताहरूबीचको भेला भन्नुभएको छ । उहाँले भन्नुभयो, ‘गुटको सुरुवात उहाँले मदन भण्डारी फाउण्डनेसनको नामबाट गर्नुभयो। तपाईंहरू पनि पीडित हुनुभयो। हामी पनि पीडित। पीडित पीडित एक ठाउँमा छौँ र सबैको पीडा र वेदना एउटै छ । त्यो विधि विधान मिच्नेदेखि पूर्वाग्रहपूर्ण व्यवहार सहनुपर्नेसम्म ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…