कर्णाली प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठकले सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय पनि गरेको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलका अनुसार सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ।
आज संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्ममा खड्का थिए।