Logo बैशाख ३१, २०७८ शुक्रबार


घाम तापेर बिताउँछन् सांसद्हरुले दिन

काठमाडौं । संसद् बैठक विजनेस बिहिन भएपछि सांसद्हरु रमिते बनेका छन् । मंगलबार संसद भवन बाहिर देखिएको दृश्यहरुलाई मात्रै हेरेपनि सांसदहरु कति फुर्सदिला छन् भन्ने कुरा ति दृश्यले पुष्टि गर्छ । फागुन २३ गते यताको संसद बैठक रमिता देखाउने थलो र सांसदहरु त्यसको रमिते बनेका छन् ।

पुनस्र्थापित संसदको मंगलबार बसेको तेस्रो बैठक मुस्किलले १५ मिनेट जति चल्यो । मंगलबार बैठकमा २ वटा कार्यसुचि थियो । एउटा बैठकमा सभामुख, उपसभामुख नहुंँदा बैठकको अध्यक्षता गर्नेहरुको नाम मनोनयन गर्ने र दोस्रो शोक प्रस्ताव ।

बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित भयो र सभामुख सापकोटाले बैठकको अध्यक्षता मनोनय गरिएका नाम पढेर सुनाए त्यसपछि बैठक सकियो । त्यसपछि सांसदहरु फुर्सदिला बने । संसद बैठकभित्र आधाआधीको संख्यामा सांसदहरु उपस्थित थिए । तर बाहिर भने यतिसम्म की दिउँसो २ बजेसम्म सांसदहरु हाजिर गर्न संसद भवन पुगेक थिए ।

कोही बैठकमा उपस्थित भएपछि बाहिर एकअर्काबीच हासिमजाग गर्दै थिए त कोही हाजिर लगाउने र फर्किने गर्दै थिए । प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म ३ पटक बैठक बसेपनि शोक प्रस्ताव पेश हुनेबाहेक अरु विजनेश अघि बढेको छैन । कामको हिसाबले हेर्ने हो भने यतिबेला थन्किएर रहेका दजर्नौ विधेयकहरु टेबल भएर त्यसमाथिको गहन छलफल र बहस हुनुपर्ने थियो । तर फुर्सदिला भएका सांसदहरुलाई पनि संसदमा विजनेश नहुँदा हाइसन्चो भएको छ ।

हिजो संसद विघटन हुँदा सडकमा उत्रिएर संसद पुनस्र्थापनाको माग गर्ने राजनीतिक दलका सांसदहरु समेत रमिताको साक्षी बनेका छन् । उनीहरुले समेत संसदमा बिजनेश चाहियो भन्न सकेका छैनन् । हिजो संसद विघटन गर्न पाइँदैन यो लोकतन्त्र र संविधानकै बर्खिलाप हो भन्ने सांसदहरु अहिले चुपचाप छन् । तेस्रो बैठकसम्म आइपुगदा समेत उही शोक प्रस्ताव पारित गर्ने बाहेक अरु केही हुन सकेको छैन् ।

नत सरकारको तर्फबाट संसदलाई प्रभावकारी बनाउन भुमिका निर्वाह हुन सकेको छ नत प्रतिपक्षी दलबाट नै । उही विरोधका लागि विरोध गर्ने बाहेक अन्य महत्वपुर्ण भुमिका खेल्न सकेका छैनन् । एकले अर्को पक्षलाई आरोपप्रत्यारोप गर्ने बाहेक अरु केही गर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…