Logo जेठ २, २०७८ आइतबार


एमालेको कार्यकर्ता भेला आज पनि जारी

काठमाडौं । नेकपा (एमाले) को राजधानीमा जारी राष्ट्रिय कार्यकर्ता भेला आज सम्पन्न हुँदैछ । बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला केही संवेदनशील र दूरगामी निर्णय गर्दै सम्पन्न हुने नेताहरुले बताएका छन् ।

एमाले नेताहरुले बुधबार उद्घाटन सर्तमा अध्यक्ष केपी शर्मा ओलीका कारण नेपाली कम्युनिष्ट आन्दोलन नै विघटनको डिलमा पुगेको र त्यसलाई जोगाउन निर्णायक पहलकदमी लिनुपर्ने बेला आएको दावी गरेका छन् । दुई ठूला पार्टी एमाले र माओवादी केन्द्रको एकता मन नपराएका ओलीले एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको नेताहरुको आरोप छ ।

भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले एमालेको इतिहास, संगठन र विचारमा ओलीको कहिल्यै, कुनै योगदान नरहेको भन्दै पार्टी एकता जोगाउने जिम्मेवारी पूरा गरिने दावी गर्नुभएको छ । पुराना कम्युनिस्ट नेताहरुको समेत उपस्थिति रहेको भेला आज दोस्रो दिन पनि चल्नेछ । ओली समूहले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि एमालेका वरिष्ठ नेताद्वयले राष्ट्रिय भेला बोलाएका हुन ।

नेताहरुले भेलामा सहभागी देशभरका नेता कार्यकर्ताको सुझाव र भावनाअनुसार निष्कर्श निकालिने बताएका छन् । भेलालाई सम्बोधन गर्ने सबैजसो नेताहरुको कार्यकर्ताको सुझाव अनुरुप नै अब अघि बढ्ने भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…