Logo बैशाख २९, २०७८ बुधबार


कांग्रेस नेता अशोक कोइरालाको निधन

मोरङ । नेपाली कांग्रेसका पुराना नेता अशोक कोइरालाको निधन भएको छ । निमोनियाबाट पीडित ७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगर न्यूरो अस्पतालमा बुधबार राति मृत्यु भएको हो ।

मोरङ कांग्रेसको १९ वर्ष सभापति हुनुभएका कोइराला प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर हुनुहुन्थ्यो । उहाँ राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि हुनुभएकोे थियो।

हाल  उहाँ कांग्रेस महासमिति सदस्य हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री तथा सभापति स्व. सुशील कोइरालाका भाई अशोक कोइराला नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक हुनुहुन्थ्यो । उहाँको आजै मोरङको सिंघीया घाटमा अन्त्येष्टी गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…