Logo जेठ ३, २०७८ सोमबार


ओछ्यानबाटै अपहरित दम्पतीको अवस्था अझै अज्ञात, कहाँ पुग्यो अनुसन्धान ?

काठमाडौं । खाना खाएर सबैलाई सुत्न भन्दै आफू पनि सुतेका महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–५ का एक दम्पती सुतेकै ठाउँबाट अपहरणमा परेका छन् । पूर्व सरकारी कर्मचारी समेत रहेका ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीया गीता देवी झा बेग्लाबेग्लै कोठामा सुतेका थिए । उनीहरु दुबै जना भोलिपल्ट अबेरसम्म नउठेपछि उनीहरूको कोठामा बुहारी जाँदा दुवै जना कोठामा देखिएनन् । बरु कोठामा रगतका टाटा देखियो । विस्तरा नै गायव थियो । मान्छे बेपत्ता हुनु र रगतका टाटासमेत देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थल पुग्दा रगतका टाटा थिए भने उनीहरूको विस्तरा थिएन । रगतका टाटा भेटिनु, विस्तरा हराउनुले घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । तर, घटना भएको करिब एक महिना हुनै लाग्दासमेत प्रहरीले कुनै उपलब्धि हासिल गर्न सकेको छैन् ।

जिल्ला प्रहरी कार्यालयले मात्रै अनुसन्धान गर्न नसकेपछि बुधबारबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीसमेत खटिएको छ । तर, उनीहरुलाई कसले किन अपहरण गर्यो ? र, अहिले उनीहरुको अवस्था के छ भन्ने कुरा पत्ता लगाउन सकेको छैन् ।

प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गरिरहेको भए पनि ठोस परिणाम आउन नसकेपछि सिआइबीले आफ्नै टोली खटाएर अनुसन्धान थालेको छ । विभिन्न ५१ वटा संघ संस्थाले धर्ना र अनसनलगायतका कार्यक्रम गर्दै दबाब दिएका थिए । सिआइबीले अनुसन्धानको घेरा साघुरिएको र चाडैं उनीहरुको अवस्था पत्ता लाग्ने दाबी गरेको छ ।

यता प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरी घटनाको नजिक पुगी सकेको र केही दिनमा सार्वजनिक हुने दावी गर्नुभएको छ । प्रदेश सरकार यस विषयमा निकै नै गम्भीर रहेको र घटनाको छानबिनका लागि डिआइजीलाई सिआइवीको पनि मद्दत लिनका लागि निर्देशन दिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले झा दाम्पतीको अपहरणको अशंकामा छिमेककै एकजना रामबाबु यादवलाई नियन्त्रणमा लिएको छ । घटना किन भयो होला भन्ने सवालमा प्रहरीले लेनदेनको मुद्दाका कारण पनि भएको हुनसक्ने आशंका गरेको छ । जग्गा लेनदेनका विषयमा झा दम्पतीको विवाद थियो । सोहि विवादका कारण अपहरण भएको हुनसक्ने आशंकासहित प्रहरीले अनुसन्धान त्यसतर्फ केन्द्रीत गरेको छ । विगतमा जग्गा विवादको कुरा पनि आएको र त्यसपछि पारिवारक कलह पनि देखा परेका कारण शुक्ष्म तरिकाले अनुसन्धान भइराखेको प्रदेश प्रहरीका प्रवक्ता कृष्ण प्रसाईले बताउनुभयो ।

प्रहरीले घटनामा जेठी वुहारी अंशु झाको समेत हात हुन सक्ने भन्दै उनीमाथि पनि केरकार गरेको थियो । तर, अहिलेसम्म उनको संलग्नताको विषयमा प्रहरीले कुनै प्रमाण भेटेको छैन् । अंशुले आफू एकल महिला रहेकोले आफूलाई हेपेर यस्तो गम्भिर आरोप लगाएको बताउँछिन् । परिवारको सदस्य अपहरण हुँदा उल्टै परिवारलाई नै यातना दिने काम भएको उनको गुनासो छ ।

अनुसन्धानलाई तीव्रता दिएको प्रहरीले अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिई सोधपुछ जारी राखेको बताएको छ । बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । तर, ठोस प्रमाण अझै पनि फेला पर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…