Logo जेठ ३, २०७८ सोमबार


सरकारले संसदमै किन दियो पुन: विघटनको सन्देश ?

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संसद पुन: विघटन हुनसक्ने सन्देश दिनुभएको छ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्नुहुँदै मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटनको कदम ठिक भएको कोणबाट धारणा राख्दै संसद फेरि विघटनको संघारमा रहेको सन्देश दिनुभएको हो ।

ताजा जनादेश लिनु नै चालु समस्या समाधानको उचित उपाय देखेर संसद विघटन गरिएको मन्त्री ज्ञवालीको भनाइ छ । ज्ञवालीले संसदमा मन्तव्यका क्रममा जनताको अभिमत लिएर समस्याको समाधान हुन्छ भन्ने सरकारको बुझाइ रहेको तर सर्वोच्चको फैसलाले सदनबाटै राजनीतिक स्थायित्व खोज्नुपर्ने बाध्यात्मक अवस्थामा पुर्याएको बताउनु भएबाट सरकार पुन: संसद विघटन गर्न चाहन्छ भन्ने तथ्य छर्लङ्ग भएको हाे।

सर्वोच्चले गरेको आदेशपछि संसदमा सहमति खोज्न हाम्रा व्यवहारले कति सहयोग गर्छन् ? भन्ने प्रश्न गर्दै ज्ञवालीले पुन:स्थापित संसदले राजनीतिक निकास निकाल्न नसक्ने तर्क गर्नुलाई सरकार संसदलाई कुनै ‘विजनेज’ दिने पक्षमा छैन भन्ने पनि प्रष्ट हुन्छ ।

नेकपा (एमाले) का सचिव समेत रहनुभएका मन्त्री ज्ञवालीले सदनबाट संसद विघटनको सन्देश मात्रै दिनुभएको छैन, कम्युनिष्ट एकताको सम्भावना पनि नरहेको प्रष्ट पार्नुभएको छ । वामपन्थी राजनीतिक दललाई एकता गर्ने विषयमा तत्कालका लागि अल्पविराम लागेको उहाँको भनाइ छ । मन्तव्यका क्रममा मन्त्री ज्ञवालीले संसद विघटन गर्नु ठिक भएको, सरकारले धेरै राम्रा/राम्रा काम गरिरहेको र हिंसात्मक बाटोमा लागेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याइएको जस्ता विषयमा चर्चा गर्दै संसद विघटनको कदमको बचाउ र पुन:स्थापित संसदको औचित्यता माथि शंका गनुभयो ।

केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठकमा पनि राष्ट्रपति र प्रधानमन्त्री दुवैले ताजा जनादेशमा जानु राम्रो हुने बताउँदै सार्वभौम संसद विघटन गर्न सकिने सन्देश दिएका थिए । त्यसको केही दिनपछि बसेको संसद बैठकमा ज्ञवालीले पनि त्यसैको निरन्तरता दिनुभएको देखिन्छ । तर सरकारलाई किन संसदप्रति विश्वास छैन ? त्यो भने प्रष्ट आइसकेको छैन ।

एमालेकै कतिपय नेताहरु भने प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी मोहलाई संसदको भावी सत्ता समीकरणले पाखा लगाउने भयले फेरि संसद विघटनको बाटो समात्न सक्ने सम्भावना रहेको बताउँछन् । उसाे त संसदमा ओलीलाई हटाएर नयाँ सरकार निर्माणका लागि खेलसमेत शुरु भइसकेको छ ।

एमालेकाे खनाल-नेपाल समूहका एक नेता भन्छन्, ‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समीकरण बन्न लागिरहेको र आफ्नो सरकार ढल्न लागेको विश्लेषणसहित संसद विघटन गर्दा अझै केही समय कुर्सीमा टिकिरहन सकिन्छ कि भनेर ओली संसद विघटन बारे सोचिरहेका हुनसक्छन् ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…