Logo बैशाख ५, २०७८ आइतबार


कोइरालालाई सम्झाउने त्याे शान्ति सम्झौता

काठमाडौं । आज चैत्र ७ गते अर्थात नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला दिवंगत हुनुभएको दिन । २०६६ साल चैत ७ गते दिवंगत हुनुभएका कोइराला नेपाली जनता, नेपाली राजनीति, यहाँका राजनीतिक दल र विशेष गरी नेपाली कांग्रेसले कहिल्यै नभुल्ने राजनीतिज्ञ हुनुहुन्थ्यो । २०४६ सालपछि राजनीतिको केन्द्रमा रहनुभएका कोइराला एक निर्भीक र निडर नेताका रूपमा चिनिनुहुन्छ ।

कोइराला मुलुकमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि ४ पटक नेपालको प्रधानमन्त्री बन्नुभएको थियो । २०४८ सालको आम निर्वाचनमा कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक २०४८ जेठ १५ गते उहाँ नेपालको प्रधानमन्त्री बन्नुभएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा जब गिरिजाप्रसाद कोइराला आउनुभयो, त्यसपछि मुलुकले हासिल गरेका धेरै ठूला परिवर्तन र उपलब्धिहरुमा उहाँको निर्णायक भूमिका रह्यो । खासगरी नेपाली जनताले कोइरालाले १० वर्षे सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन खेल्नुभएको भूमिका बिर्सन सक्दैनन् र उहाँलाई सबैभन्दा धेरै सम्झिने कारण पनि यही हो ।

१० वर्षे सशस्त्र युद्धको समापन गर्न माओवादीसँग १२ बुँदे सम्झौता र मुलुकमा जहाँनिया राणाशासनको अन्त्य गर्न गणतन्त्रको सुत्रपात गर्ने दोस्रो जनआन्दोलनको नेतृत्व गरेका कारण विद्यमान व्यवस्थाको जग हाल्न कोइरालाको महत्वपूर्ण भूमिका छ । जसलाई कोइरालाले आफू हारेर भए पनि द्वन्द्वले आक्रान्त मुलुकमा शान्ति स्थापनाका लागि साहसिक कदम उठाएको इतिहास पनि मान्न सकिन्छ ।

कोइरालाको पारिवारिक पृष्ठभूमि

‘महामानव’ बीपी कोइरालाका कान्छा भाइ गिरिजाप्रसाद कोइरालाको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.सं. १९८१ असार १८ मा जन्म भएको थियो । बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित भएको बेला गिरिजाप्रसादको जन्म भएको हो ।

उहाँका दुई दाजुहरू बीपी कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए । सन् १९२९ मा परिवारसँगै नेपाल फर्किएसँगै उहाँको सुष्मा कोइरालासित विवाह भयो । गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष तथा पूर्व परराष्ट्र मन्त्री कांग्रेस नेतृ सुजाता कोइराला गिरिजाप्रसाद कोइरालाकी एक मात्र सन्तान हुनुहुन्छ ।

मुलुकमा शान्ति स्थापना गर्दै प्रजातन्त्रको जग बलियो बनाउने सवालमा कोइरालाले खेल्नुभएको भूमिका अविष्मरणीय छ । राजनीतिमा जहिले पनि सहमति, सहकार्य र एकतालाई आफ्नो बटमलाइन बनाउने कोइरालाको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने निर्णय संसारकै एक नमूना र ऐतिहासिक सफलता मानिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । गिरिजाप्रसाद कोइराला पनि त्यस्तो व्यक्तित्व हुन् जसले आफ्नो जीवनकालभरि कालो झण्डा र विरोधको सामना गर्नु परिरह्यो तर मृत्युपर्यन्त उनले जति प्रशंसा र सम्मान प्राप्त गर्ने अवसर शायदै अरु व्यक्तिलाई प्राप्त भयो होला । माओवादी द्वन्द्वले आक्रान्त मुलुकमा माओवादीलाई राजनीतिको मूलधारमा प्रवेश गराई मुलुकमा शान्ति स्थापना गरेकै कारण कोइराला एशियाकै एक कुशल राजनेताको रूपमा स्थापित भए ।

सहमति, सहकार्य र एकताका हिमायती, निडर, निर्भीक तथा साहसिक पुरुष गिरिजाप्रसाद कोइरालाको नामलाई लोकतन्त्रकै पर्यायवाचीको रूपमा व्याख्या गर्दा अत्युक्ति नहोला जस्तो लाग्छ । आफूले हारे पनि मुलुकले जित्नुपर्छ भन्ने दर्शनबाट प्रेरित कोइरालाले आफ्नो विरोध गर्ने र कालो झण्डा देखाउने प्रवृत्तिलाई आफैंले लडेर प्राप्त गरेको प्रजातन्त्रको उपलब्धिको रूपमा लिएको कुरा ‘आफ्नै कुरा’ पुस्तकमा उल्लिखित छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले उनको स्मृतिमा २०७७ चैत ५ गते बुटवलमा आयोजना गरेको कार्यक्रममा मैले प्रस्तुत गरेको स्मृतिपत्रमा यो लेख आधारित छ । लोकतन्त्र माथि चौतर्फी प्रहार भइरहेको यो समयमा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा प्रजातन्त्र पुनःस्थापनका लागि गरिएको संघर्षमा स्वयं म आफैं संलग्न एउटा घटनाक्रमलाई जोडेर एउटा आलेख प्रस्तुत गर्दै गिरिजाप्रसादको स्मरण गर्ने जमर्को गरेको छु ।

उपत्यकालगायत मोफसलका विभिन्न एफएम रेडियोमार्फत त्यतिबेला प्रसारण हुने ‘समय चक्र’ रेडियो कार्यक्रमका लागि एमालेका नेता केपी ओलीसँग मैले लिएको अन्तर्वार्ता बज्ने दिन राजा ज्ञानेन्द्रले ‘कु’ गरेपछि सबै सञ्चार गृहहरूलाई सरकारले नियन्त्रण गरेकै कारण बज्न पाएन । मोफसलमा पठाउनको लागि रेकर्ड गरिएको अन्तर्वार्ताको सीडी लिएर काठमाडौं एअरपोर्ट जान हिंडेको म ज्ञानेन्द्रले ‘कु’ गरे भन्ने सूचना पाएसँगै यो अन्तर्वार्ता रेडियोबाट प्रसारण हुँदैन भन्ने निश्चित भएपछि अब मुलुकको राजनीति के हुन्छ त रु भनेर प्रतिक्रिया लिन तत्काल नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न कोइराला निवास महाराजगञ्ज पुग्दा वरिपरि सशस्त्र प्रहरीहरू तैनाथ थिए ।

२०६१ माघ १९ गते पूर्व राजा ज्ञानेन्द्रले मुलुकको शासन व्यवस्था माथि ‘कु’ गरेसँगै नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई नजरबन्दमा राखिएको थियो । परिवारका सदस्य बाहेक बाहिरी मानिस प्रवेशमा रोक लगाइएको थियो । त्यहाँ प्रवेश नपाएपछि कोइराला पुत्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटार पुगेको थिएँ । त्यहाँ सुजाता कोइराला, पूर्व राजदूत सुरेश चालिसे र म बसेर विचार विमर्श ग¥यौं ।

नेपाली कांग्रेसले ११औं महाधिवेशनको तयारी गरिरहेको बेला पार्टी सभापतिलाई नजरबन्द गरेपछि देशव्यापी रूपमा नेता, कार्यकर्तालगायत आम जनता ज्ञानेन्द्रको कदमप्रति अन्योलग्रस्त रहेको ठहर गरियो । राजाको कदमको विरुद्धमा आन्दोलन चर्काउन अभिप्रेरित गर्दै सन्देश प्रेषित गर्नु त्यतिबेलाको आवश्यकता हो भन्ने निष्कर्ष हाम्रो रह्यो ।

पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्ने निधो गरियो । प्रेस विज्ञप्ति ड्राफ्ट गरी नेतृ सुजाता कोइरालासँग भएको गिरिजाप्रसादको हस्ताक्षरको स्ट्याम्प लगाएर विभिन्न संचारमाध्यममा दिने निधो गरियो ।

गिरिजाप्रसादको आवाजमा ज्ञानेन्द्रको कदम विरुद्ध सन्देश सम्प्रेषण गर्न सके अझ प्रभावकारी हुने ठानेर मैले आफ्नो रेकर्डरमा केही प्रश्नहरू रेकर्ड गरें । अब कसरी प्रश्नहरूको जवाफ गिरिजाप्रसादबाट लिने भन्ने अन्योल उत्पन्न भयो । टेलिफोन लाइन सबै अवरुद्ध गरिएको थियो ।
उक्त दिन आफ्नो परिवारका सदस्यलाई भेट्न दिन्छ भन्ने सूचना पाएसँगै तत्कालीन अवस्थाको प्रतिक्रिया लिने गरी प्रश्नहरू रेकर्ड गरिएको रेकर्डर लगेर गिरिजाबाबुको आवाज रेकर्ड गराउन पुत्री सुजाता कोइरालालाई अनुरोध गरेको थिएँ ।

चेकिङमा प्रहरीले रेकर्डर खोस्न सक्ने आशंका पैदा भयो । आफ्नो गुप्ताङ्गमा लुकाएर भए पनि यो काम गर्नुपर्छ भनेर सुझाए अनुसार नेतृ कोइरालाले गिरिजाबाबुको सन्देश रेकर्ड गराएर ल्याउन सफल भइन् ।

त्यतिबेला नेपाली सञ्चार गृहहरूलाई राज्यले आफ्नो कब्जामा लिइसकेको थियो । गिरिजाबाबुको सन्देश नेपाली सञ्चारमाध्यमबाट प्रेषित गर्ने कुनै सम्भावना थिएन । अब यो सन्देशको क्यासेट रेकर्ड गरेर देशव्यापी वितरण गर्नुपर्छ भन्ने निर्णयसँगै हजारौं क्यासेट तयार गरी उपलब्ध नेता कार्यकर्तामार्फत विभिन्न जिल्लामा पठाएर राजाको कदम विरुद्ध जनतालाई आन्दोलित बनाउने काम भएको थियो । सरकारले नेपाली मिडियाहरूलाई आफ्नो नियन्त्रणमा राखेको भएतापनि बीबीसीलगायत अन्तर्राष्ट्रिय संचारमाध्यमहरूलाई भने समाचार सम्प्रेषणमा रोक लगाउन सकेको थिएन ।

बीबीसी नेपाली सेवामार्फत गिरिजाबाबुको सन्देश सम्प्रेषण गराउने उद्देश्यले क्यासेट बोकेर म सीधै बीबीसी नेपाली सेवामा कार्यरत सुशील शर्माको घर धापासी पुगेको थिएँ । तर उनीसँग भेट भएन । ९गत हप्ता उनको निधन भएको छ । उनीप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु० बरु उनको घरमा बेलायती समाचार एजेन्सी रोयटर्सका नेपाल प्रतिनिधि गोपाल शर्मासँग भेट भयो ।

‘सुशीलजी हिमाल खबरपत्रिकाको पुल्चोक अफिसमा राजेन्द्र दाहालसँग हुनुहुन्छ’ भन्ने सूचना पाएपछि म सीधै त्यहाँ पुगेको थिएँ । ‘सुशीलजीलगायत अन्तर्राष्ट्रिय मिडियाका सबै पत्रकारहरू याक एण्ड यती होटलमा जम्मा भएका छन्’ भन्ने सूचना राजेन्द्र दाहालबाट प्राप्त भएसँगै म तत्काल त्यहाँ पुगें ।

सुशील शर्मासँग त भेट भएन तर अर्का एक जना बीबीसी नेपाली सेवाका रिपोर्टर नवीन सिंह खड्का भेट भए । राजाको कदम विरुद्धको प्रतिक्रिया रेकर्ड गरिएको नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको सन्देश आफूले लिएर आएको जानकारी गराउँदा ‘त्यस्तो सामग्री हामीले प्रसारण गर्न मिल्दैन । आवश्यक परे हामी आफैं पनि अन्तर्वार्ता लिन सक्छौं नि’ भन्ने प्रतिक्रिया उनीबाट आयो । नजरबन्दमा रहेका गिरिजाप्रसाद कोइरालाको अन्तर्वार्ता लिने काम त्यतिबेला सम्भव थिएन ।

तर मसँग गिरिजाप्रसादको सन्देश रहेको सूचना अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरूको माझ फैलियो । एक जना बीबीसी हिन्दी सेवाका प्रतिनिधि मलाई भेटन आए मैले उनलाई त्यो क्यासेट दिएँ । गिरिजाबाबुको त्यो सन्देश बीबीसी हिन्दी सेवामा बज्यो । भ्वाइस अफ अमेरिका, आज तक, अलजजिरा, रोयटर्सलगायत अधिकतर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उक्त सन्देश मसँगबाट लिएर आफ्नो प्रमुख समाचारको रूपमा प्रेषित गरेका थिए ।

भूमिगत दलका नेताहरूलाई अन्तर्राष्ट्रिय मिडियामाझ अन्तरक्रिया गराउँदै गर्दा एक दिन रातको १ बजिसकेको थियो । ट्याक्सीमा जानको लागि पैसा नभएकोले याक एण्ड यती होटलबाट पैदल हिंडेर पुल्चोकतर्फ आफ्नो डेरामा जाँदै गर्दा सिंहदरबारको मूल गेट अघि सेनाले मेरो झोला खानतलासी गर्यो । झोलामा गिरिजाप्रसादसँगको अन्तर्वार्ताको क्यासेट थियो । त्यो देखेर यो के हो रु भनी सेनाले प्रश्न ग¥यो । मैले ‘गीतको क्यासेट हो’ भनेर जवाफ फर्काएपछि त्यहाँबाट उम्किएको थिएँ ।

धन्न प्रेस विज्ञप्ति बाँडेर सकिएको थियो । प्रेस विज्ञप्ति भेटेको भए मलाई त्यहीं पक्राउ गथ्र्यो होला । हस्याङफस्याङ गर्दै डेरातर्फ दौड्दै गर्दा थापाथलीको पुलमाथि कुकुरले झम्टिहाल्यो । डेरामा हिंडेको म इन्जेक्सन लगाउन टेकु अस्पताल पुगेको थिएँ ।

प्रहरीको निगरानी बढेसँगै कांग्रेस नेतृ सुजाता कोइराला भने भूमिगत शैलीमा भारततर्फ निर्वासित भइन् । मुलुकमा लोकतन्त्र संकटमा परेको बेला गिरिजाप्रसाद जस्तो नेतृत्वको अभाव खड्किएकोले यो स्मरण पस्कने जमर्को गरेको हुँ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकोले कुनै बहानामा लोकतन्त्र माथि वक्रदृष्टि लगाउनेहरूलाई परास्त गर्ने साहस र हिम्मत लोकतन्त्रप्रेमीमा हुनुपर्छ ।

अहिले मुलुकमा विधि, विधान, सेवा, सद्भाव, मूल्यांकन र नैतिकता लोप हुँदै गएको देख्दा लाग्छ त्यतिबेला उक्त मिहिनेतको पारिश्रमिक लिएको भए हुने रहेछ । आखिर मैले नलिए पनि उनीहरूले उक्त क्यासेट भजाएर हजारौं डलर आर्जे होलान् । पैसा लगानी गरेर सम्मानित र पुरस्कृत हुन पाइने हाम्रो मुलुकमा विदेशीको नजर पर्ने विभिन्न विधामा उत्कृष्ट कार्य गर्नेहरूको मात्र यथार्थ मूल्यांकन भएको होला । अपवाद छोडेर पुरस्कार समेत नातावाद र कृपावादमा जेलिएको छ । अधिकतर सरकारी कार्यालयमा फजुल पैसा विना कुनै काम गर्न नसकिने हाम्रो नियतिको अगाडि यस्ता तथ्यहरू दन्त्यकथा जस्तै लाग्न सक्छ ।

२०६२÷६३ सालको आन्दोलनताका कृष्ण मन्दिर पाटन परिसरमा गिरिजाप्रसादसँग भेट हुँदा आफूले राजाको कदम विरुद्ध अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत निभाएको भूमिका स्मरण गराउँदा मलाई धाप मार्दै भन्नुभएको थियो ‘त्यो सब तिमीले गरेको हो रु पछि किन भेटेनौ रु यु डिड ग्रेट वर्क । मौकामा हीरा फोड्नु भन्छन् नि यै हो’ भनेर मलाई हौसला प्रदान गरेका थिए ।

पत्रकारिता पेशाकै बद्नाम गर्नेहरू नै सम्मानित र पुरस्कृत हुने हाम्रो मुलुकमा सत्य उजागर गर्न खोज्दा उल्टो आलोचनाको भागिदार बन्न बेर लाग्दैन । हाम्रो एउटै उद्देश्य प्रजातन्त्र माथि वक्रदृष्टि लगाउनेहरूलाई ठेगान लगाउने हो । त्यसैले झूटमा रमाउनेहरूसँग अल्झिएर आफ्नो समय बर्बाद गर्नु बेकार जस्तै लाग्छ । जित उनीहरूकै हुन्छ । कलियुग न हो यो ।

‘पछि तिमी किन आएनौ रु मौकामा हीरा फोड्नु भन्छन् नि यही हो’ भन्दै गिरिजाबाबुले मलाई मारेको ‘धाप’ र उहाँको वाक्यांशलाई नै मैले पुरस्कार ठानेको छु ।

राजा ज्ञानेन्द्रलाई घुँडा टेकाउँदै संसद पुनःस्थापनाका लागि गिरिजाप्रसाद कोइरालाको चट्टानी अढानलाई सार्थक तुल्याउन राष्ट्रिय÷अन्तर्राष्ट्रिय मिडियाहरूको महत्वपूर्ण भूमिका रहेको थियो । चौतर्फी दबाबकै कारण आफ्नो महत्वाकांक्षी कदमबाट पछि हट्न तत्कालीन राजा ज्ञानेन्द्र शाह बाध्य भएका थिए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सफल २०६२÷६३ सालको आन्दोलनले मुलुक शान्तिको बाटोमा अगाडि बढेको थियो ।

मेरो बुवा स्व।हिमनाथ पोख्रेलले मलाई बारम्बार भनिरहनुहुन्थ्यो, ‘राणाहरूलाई कोइरालाले हराएका हुन् । बीपी कोइरालाको बाटो कहिल्यै नछोड्नु ।’ म कुनै कार्यक्रममा गएर घर फर्कंदा बुवाको एउटै प्रश्न हुन्थ्यो, ‘कोइरालासँग गएको हो रु गिरिजा जस्तो निडर हुनुपर्छ । निहुँ खोजेपछि राजालाई त हुत्याइदिए ।’

मुलुकमा अहिले पनि गिरिजाप्रसादको अभाव खड्किएको छ । शारीरिक कद उच्च भए सरी राजनीतिक उँचाइको शिखरमा पुग्न उनी सफल भए । तर २०५१ सालमा आफ्नो बहुमत सरकार हुँदाहुँदै संसद विघटन गर्ने निर्णयले अस्थिर राजनीतिको बीजारोपण गरेको आरोप खेपिरहेका कोइरालाले सशस्त्र द्वन्द्व मच्चाइरहेको माओवादीलाई राजनीतिको मूलधारमा प्रवेश गराई मुलुकमा शान्ति स्थापना गरेसँगै एशियाकै राजनेताको सम्मान प्राप्त गर्न सफल भए ।

निर्भीक र निडर नेताका रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको निधन २०६६ साल चैत ७ गते भएको थियो । २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता गिरिजाप्रसाद कोइराला बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि चार पटक नेपालको प्रधानमन्त्री बन्न सफल भए । २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक २०४८ जेठ १५ गते गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बनेका थिए ।

१० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँदे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गरेका गिरिजा कोइरालाले आफू हारेर भए पनि द्वन्द्वले आक्रान्त मुलुकमा शान्ति स्थापनाका लागि साहसिक कदम उठाएको इतिहास जगजाहेर छ ।

नेपाली कांग्रेसका ‘महामानव’ बीपी कोइरालाका कान्छा भाइ गिरिजाप्रसाद कोइरालाको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि।सं। १९८१ असार १८ मा जन्म भएको थियो । बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित भएको बेला गिरिजाप्रसादको जन्म भएको हो ।

उहाँका दुई दाजुहरू बीपी कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए । सन् १९२९ मा परिवारसँगै नेपाल फर्किएसँगै उहाँको सुष्मा कोइरालासित विवाह भयो । गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष तथा पूर्व परराष्ट्र मन्त्री कांग्रेस नेतृ सुजाता कोइराला गिरिजाप्रसाद कोइरालाकी एक मात्र सन्तान हुनुहुन्छ ।

नेपालको इतिहासमा गिरिजाप्रसाद कोइरालालाई निडर र निर्भीक नेताका रूपमा चिनिन्छ । मुलुकमा शान्ति स्थापना गर्दै प्रजातन्त्रको जग बलियो बनाउन उनको महत्वपूर्ण भूमिका रहेको तथ्य इतिहासमा दर्ज भइसकेको छ । सहमति, सहकार्य र एकताका सूत्रधार कोइरालाको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने निर्णय नै विश्वकै एक ऐतिहासिक सफलता हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।