Logo बैशाख २९, २०७८ बुधबार


म दुई युवकसँग एकसाथ प्रेम गर्छु तर विवाह कोसँग गरुँ ?

काठमाडौं । समाज जति आधुनिक बन्दै गएको छ, उति नै जटिल पनि ।

समाजको खुलापनसँगै प्रेम र सम्बन्धको परम्परागत सोंच र महत्वमै परिवर्तन हुँदै गएको छ । यसले गर्दा विभिन्न अपराधहरु पनि बढ्दै गएको छ । अहिले नेपाली समाजमा प्रेम र सम्बन्धमा देखिने गरेका समस्याहरु तलका दुई प्रतिनिधि घटनाहरुले उजागार गर्दछ :

म दुई युवकसँग प्रेम गर्छु, कोसँग विवाह गरौँ कोसँग नगरौँ ?

म एक युवकलाई धेरै माया गर्थेँ र उसले पनि मलाई उति नै चाहन्थ्यो । तर केही कारणबस दुई वर्षसम्म हाम्रो बोलचाल हुन सकेन । तर पनि हामी एकअर्कालाई बिर्सन सकेका थिएनौँ । अर्को एक युवकले पनि मलाई दुई वर्षदेखि माया गथ्र्यो । बिस्तारै म पनि मनमनै उसलाई चाहन थालेँ । तर उसलाई मेरो पहिलो प्रेम जतिकै चाहेको भने थिइनँ । यो युवकसँग मेरो परिवार पनि मेरो विवाह गरिदिन तयार छ ।

तर जब हाम्रो विवाहको टुङ्गो लाग्यो तब पहिलेको प्रेमी पुनः मेरो जिन्दगीमा आयो । म उसलाई अझै पनि उतिनै माया गर्छु । अब उसले पनि मसँग विवाह गर्न भनिरहेको छ । यस्तो अवस्थामा म के गरौँ ?

मभन्दा जेठी युवती मनपराउछु तर उसले अर्कैसँग विवाह गर्दैछ । म के गरुँ ?

म १९ वर्षको छु र एक २१ वर्षकी युवतीलाई म धेरै माया गर्छु । तर ती युवती अरु कसैलाई चाहन्छे र उनीहरुको विवाह पनि हुनेवाला छ । यो कुराले म धेरै चिन्तित छु । अब म के गरौँ ?

पहिलो समस्याको जवाफमा मनोविज्ञको जवाफ यस्तो छ :

वास्तवमा तपाई दुवै जनालाई धोका दिइरहनुभएको छ । जुन कारणले गर्दा तपाईको पहिलो प्रेमीसँग मनमुटाव भएको थियो र दुई वर्षसम्म कुरा भएन । फेरि त्यहि कारण उत्पन्न हुन सक्दैन भन्ने के ग्यारेन्टी छ र ? यस्तोमा सोचविचार गरेर मात्र निर्णय लिनु राम्रो हुन्छ । किनभने प्रेम,विवाह र सम्बन्ध कुनै खेलौना होइन । तपाई आफैं निर्णय लिन सक्नुहुन्न भने परिवारसँग यसबारेमा जरुर कुरा गर्नुस् ।

त्यसैगरी दोस्रो समस्या को जवाफ : 

हुन त प्रेमका लागि निश्चित उमेर,वर्ग वा वर्ण हुँदैन । तर जहाँसम्म तपाईको सवाल छ त्यो केटीलाई बिर्सनुमा नै तपाईको भलाइ छ । जब त्यो केटी तपाईलाई चाहँदिन र अरु कोहीसँग विवाह गर्न लागेकी छ भने यो एकतर्फी प्रेम हो ।

जब कोही केटीले तपाईलाई मनदेखि चाहन्छे भने ऊ तपाईसँग आफैँ आउँछे र विवाह पनि गर्छे । त्यसैले अरुलाई मन पराउने र अरुसँगै विवाह गर्न चाहनेको लागि आफूले मरिहत्ते गरेर आफैँलाई पीडा दिनु बुद्दिमानी होइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…