Logo जेठ ३, २०७८ सोमबार


केदारस्यूँ गाउँपालिकाको आधा दर्जन गाउँमा बिजुली

आशिष बहादर सिंह
बझाङ । जिल्लाको केदारस्यूँ गाउँपालिकामा रहेको दोगडे खोलामा लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भएपनि यहाँका आधा दर्जनबढी गाउँमा बिजुली बत्ती बलेको छ । गाउँपालिका–६ का आधा दर्जन बढी गाउँमा बिजुली बत्ती पुगेको छ । गाउँमा बिजुली बत्ती बलेपछि स्थानीयहरु खुसी भएका छन् ।

गाउँ नजिकैको दोगडे खोलामा लघु जलविद्युत आयोजना निर्माण गरेर सञ्चालनमा आएपछि विनाडा, भाडसैन, त्याडिगाँउ र गाँजरीमा बत्ती बलेको हो । २०७० सालबाट निमार्णाधीन अवस्थामा रहेको ५५ किलोवाट क्षमताको दोगडे खोला लघु जलविधुत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

वैकल्पिक उर्जा, केदारस्यूँ गाउँपालिका र वडा कार्यालयलको करिव २ करोडको लागतमा आयोजना सम्पन्न भएको आयोजनाका अध्यक्ष बिर्ख गुरुधामीले बताए । दोगडे खोलामा लघु जलविद्युत आयोजनाबाट केदारस्यूँ गाउँपालिकाका विनाडा, भाडसैन, त्याडिगाँउ, गाँजरीका बासिन्दा लाभावन्तित भएका छन् ।

यसैगरी, थापागाउँ, सिङराली, गोठेखान र रोतागाडामा घरमा वाइरिङ्गको काम सञ्चालनमा रहेकाले ति गाउँमा छिट्टै बिजुली बत्ती पुर्याउने अध्यक्ष गुर्धामीले बताए । गाँउमा बिजुली बलेसँगै गाउँका विद्युतीय सबै समस्या समाधान भएको तथा स्थानीय सरकार भएको अनुभुति भएको स्थानीय खडक धामीले बताएका छन् । जिल्लाको केदारस्यूँ गाउँपालिकास्थित दोगडे खोलामा लघु जलविद्युत (माइक्रोहाइड्रो) आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका आधादर्जन गाउँमा रातमा पनि उज्यालिएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ का आधा दर्जन बढी गाउँमा बिजुली बत्ती बलेपछि स्थानीयहरू खुसी भएका छन् ।

गाउँपालिका र वडा कार्यालयको करिब २ करोड रुपैयाँ लागतमा संरचना निर्माणदेखि विद्युत उत्पादन सम्मका काम भएको आयोजनाका अध्यक्ष बिर्ख गुर्धामीले बताए। थापागाउँ, सिङराली, गोठेखान र रोतागाडामा घर वाइरिङ्गको काम सञ्चालनमा रहेकाले ती गाउँमा छिट्टै बिजुली बत्ती पुर्याइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…