Logo बैशाख ३१, २०७८ शुक्रबार


देशभर होली पर्वकाे सुरुवात (फाेटाेफिचर)

काठमाडौं । आजदेखि देशभर रंगहरूको पर्व होलीको विधिवत सुरुवात भएको छ । वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ : २६ बजे तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता रहेको छ ।

चन्द्रमास अन्तर्गत फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा यसवर्ष चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।

होलिकाको दहन र कृष्ण लीलासँग सम्बन्धित होली पर्व आजबाट विधिवत शुरु भएको वसन्तपुरस्थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभयो । आजको दिनदेखि होली एक अर्कामा सौहार्दपूर्ण रूपमा रंग लगाइदिने बाटो खुलेको कर्माचार्यले बताउनुभयो ।

रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिने मान्यता रहेको छ ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…