Logo बैशाख २९, २०७८ बुधबार


मर्जरपछि एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोबार शुरू

काठमाडौं । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आज (आइतवार) देखि एकीकृत कारोवार शुरू भएको छ ।

गत श्रावण ३२ गते यी दुई संस्थाबीच गाभ्ने /गाभिने मर्जर सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भई  गत असाेज १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो । गत माघ १० गतेकाे छुट्टाछुट्टै वार्षिक साधारण सभाबाट गभिने निर्णय भएकाे थियाे ।

उक्त वार्षिक साधारणबाट पारित विशेष प्रस्ताव बमोजिम एक आपसमा गाभ्नेरगाभिने (मर्जर) कार्य गर्न अन्तिम स्वीकृती प्राप्त भए अनुसार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष लालमणी जोेशीले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरेका छन् ।

गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात ‘साथीसँगै सवल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यसएनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पूँजी भएको देशकै एक ठूलो सवल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने कम्पनीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…