समाेसा खानुहुन्छ ? थाहा पाउनुहाेस् यसकाे इतिहास !

काठमाडौं । समोसा नेपालको सबैभन्दा मनपर्ने परिकारमध्येको एक हो । देशको सानादेखि ठूला शहर र होटलहरुमा समोसा सजिलै पाईन्छ । धेरैजसो मानिसहरुलाई समोसा मन पर्छ तर एकदमै कम मानिसहरुलाई मात्र थाहा छ की समासोको सुरूवात कहाँबाट भयो ।
धेरैजसो मानिसहरुलाई समोसा नेपालमा बनेको भन्ने लाग्छ तर कुरा त्यस्तो होईन । हामी यहाँ तपाईहरुलाई समोसासँग जोडिएको खास कुराहरुको बारेमा बताउँदैछौँ ।
नेपालमा समोसा प्रचलनमा आउनुभन्दा पहिला छिमेकी देशहरुमा यो परिकारको चलन आईसकेको थियो । सबैभन्दा पहिला समोसा बनाउने काम इरानमा भएको थियो । समोसाको आकार त्रिकोण किन हुन्छ भनेर अहिलेसम्म कुनैपनि तथ्य फेला परेको छैन।
फारसी भाषाको ‘संबोसाग’ शब्दबाट समोसा शब्द बनेको हो । इतिहासकारहरूका अनुसार मोहम्मद गजनवीको शाही दरबारमा एक नुनिलो परिकार पस्कने गरिन्थ्यो । यो परिकारमा मासुको किमा र सुख्खा मेवा भरेर बनाउने गरिन्थ्यो । नेपालमा कहिले समोसाको प्रचलन आयो यसबारेमा यकिन तथ्याङ्ग नभए तापनि भारतमा भने २ हजार वर्ष पहिला आएको थियो ।
भारतमा समोसा पुगेपछि कयौँ प्रकारको परिवर्तन गरियो । त्यसपछि समोसामा कयौँ किसिमका स्वादिष्ट मसलालाई आलुसँग मिसाएर राखिन्छ । सोह्रौँ सताब्दीमा जब पोर्चुगिज नागरिक भारत आए त्यो समयमा उनीहरुले आलु लिएर आएका थिए । त्यही समयपछि समोसामा आलु मिसाउन थालिएको जानकार बताउँछन् ।