Logo जेठ २, २०७८ आइतबार


पार्टीमाथिको चुनौती सामना गर्न महासचिव पोखरेलको आग्रह

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले कम्युनिष्ट आन्दोलनमाथिका चुनौतीहरूलाई परास्त गर्दै उत्साहका साथ अघि बढ्न प्रवास सम्बद्ध कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

प्रवासी कार्यकर्तासँग आइतबार उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘हामी सजिलै यहाँसम्म आइपुगेका होइनौं, कम्युनिष्ट आन्दोलनभित्र अनेकन घातरप्रतिघात, टुटफुटको शृङ्खला व्यहोर्दै आएका हौँ, ती सबैबाट शिक्षा लिएका पनि छौँ ।’ उहाँले भेलामा पार्टीका पछिल्ला निर्णयबारे अवगतसमेत गराउँदै विगतको कतिपय सन्दर्भलाई बिर्सेर ठूलो छाती बनाएर संगठित र एकताबद्ध गर्ने अभियानमा लाग्न प्रवास सम्बद्ध सबैलाई आह्वान गर्नुभयो ।

भेलामा विभिन्न देशका २ सय ६६ जना प्रवासी नेपाली मञ्चका अगुवा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाको अध्यक्षता सम्पन्न भएको भेलामा प्रवासी नेपाली मञ्च हङकङका अध्यक्ष भक्त गुरुङले स्वागत र बेलायतका अध्यक्ष भक्त गुरुङले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…