Logo बैशाख २८, २०७८ मंगलबार


होटललाई लकडाउन अवधिको विद्युत महशुल छुट

काठमाडौं । सरकारले लकडाउनको अवधिभर होटल तथा रेस्टुरेन्टले तिर्नुपर्ने विद्युत महशुल शुल्क छुट गरेको छ । सरकारको निर्णयअनुसार बन्दाबन्दी घोषणा गरेको ०७६ चैत ९ गतेदेखि ०७७ भदौ मसान्तसम्मको होटल उद्योगले भुक्तानी गर्नुपर्ने विद्युत शुल्क शतप्रतिशत मिनाहा गरिएको छ ।

होटल उद्योगको रूपमा सञ्चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई शुल्क छुट दिने निर्णय गरेको हो ।

त्यसैगरी मन्त्रिपरिषद्ले असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको राजधानीमा प्रकाशित छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…