Logo जेठ ३, २०७८ सोमबार


‘किसानको संरक्षण हुनेगरी वैदेशिक लगानी भित्र्याउनुपर्छ’

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभएको छ । सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकाले देशका किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभएको हो ।

कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामर्थ्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ । किसानलाई नोक्सान हुने क्षेत्रमा नदिनेगरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्र्याउने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा साना व्यवसायी किसानहरुलाई मार्ने गरी होइन । उहाँहरुको संरक्षण गर्ने गरी, उहाँहरुको अझै थप विकास गर्ने गरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ भनेर भनिरहेका बेला, आज कृषि क्षेत्रमा ठुलो लगानीको जरुरी पनि छ । ठूलो लगानीको जरुरी छ भन्दा हाम्रो क्षमताले भ्याउँदैन । कृषि क्षेत्रको विकासको निम्ति आजा ठूलो लगानी गर्नुपर्ने कुरा सरकार आफै एक्लैले गर्नसक्ने ठाउँमा छैन । कृषि क्षेत्रको विकास गर्नको निम्ति हाम्रो सामर्थ्यले भेटेन । हाम्रो लगानीले मात्रै भेटेन । विदेशी लगानीहरु पनि आकर्षित गरेर कृषि क्षेत्रको विकास गरौँ । उत्पादन बढाऔँ । निर्यात पनि गर्ने ।’

गरेकाे लगानिबाट लभा हुने गरी तथा किसानलाई उत्साहित गर्ने गरी लगानि गर्नुपर्नेमा जाेड दिँदै मन्त्री अर्यालले भन्नुभयाे, ‘हामीलाई नोक्सान हुने क्षेत्रमा होइन । हाम्रो किसानहरुलाई निरुत्साहित बनाउने गरी होइन । हाम्रो किसानहरु, व्यवसायीहरुलाई पनि उत्साहित बनाउने अनि हामीलाई नोक्सान हुने क्षेत्रमा पनि नदिने । हामीलाई नोक्सान नहुने, हाम्रा व्यवसायी किसानहरु जो छन् तिनलाई पनि प्रोत्साहित गरिरहन पाइने, संरक्षण गर्न पनि पाइने, हामीले लगानी गर्न नसकेका यावत् क्षेत्रहरु छन् । ति क्षेत्रमा हामीले कृषि लगानी गर्ने र हाम्रो कृषि क्षेत्रको विकास गर्ने ।’

मन्त्री अर्यालले कोभिड १९ का कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौँको संख्यामा रोजगारी सिर्जना गर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड १९ का कारणले वैदेशिक रोजगारीबाट विस्थापित भएर स्वदेश फर्केका युवाहरु हजारौँ युवाहरुलाई रोजगारीको कार्यक्रम लिएर अगाडि बढेका छौं। फार्मको रुपमा, ठूला ठूला फार्महरु व्यावसायिक हिसाबले लैजानेगरी हजारौं जना युवाहरुलाई हामी रोजगारी दिनेगरी, उहाँहरुको पनि लगानी राज्यको पनि लगानी गर्नेगरी अगाडि बढेका छौं।’

मन्त्री अर्यालले कृषि क्षेत्र उकालो लागेको दाबी पनि गर्नुभयो । तत्कालै रासायनिक मलको विस्थापित गर्न नसकिने भएकाले प्रारंगिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उहाँको भनाइ छ । समयसापेक्ष कृषि नीति परिमार्जन गर्ने चरणमा मन्त्रालय रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…