Logo जेठ ३, २०७८ सोमबार


सूर्यविनायकमा सिलिण्डर पड्किँदा ६ जना घाइते

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा सिलिण्डर ग्याँस पड्किँदा ६ जना घाइते भएका छन् । पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका हुन्।

महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार आगलागीबाट घाइते हुनेमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडौं कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की रहेका छन् । उनीहरुलाई उपचारका लागि सल्लाघारीस्थित डा.ईवामुरा मेमोरियल अस्पतालमा प्रथम चरणको उपचार गरी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको गिरीले जानकारी दिनुभयो ।

त्यस्तै खाजा खान आएका घाइतेमध्ये झापा विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक–५ कटुञ्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापाको मध्यपुर अस्पतालमा प्रथम चरणको उपचारपछि थप उपचारका लागि बर्न सेन्टरमै पठाइएको उहाँले जानकारी दिनुभयो ।

आगलागीबाट पसलमा रहेका दुई थान फ्रिज, झ्याल, ढोका र भाँडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…