रंगशालालाई पैसा जुटाउन धुर्मुश सुन्तलीको मेची–महाकाली अभियान

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान शुरु गर्ने भएको छ ।
चितवनको भरतपुरमा धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्न थालेपछि चैत १० देखि अभियान शुरु गर्न लागिएको हो ।
चैत १० गते पश्चिमको कञ्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस) ले जानकारी दिनुभयो । उहाँका अनुसार महाकाली नदीको किनारबाट अभियान शुरु गर्न लागिएको हो ।
अभियान टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका र माला लगाएर बिदाइ गरेका छन् ।