Logo बैशाख ३१, २०७८ शुक्रबार


पत्रकार महासंघ मकवानपुरले शुरु गर्यो जेष्ठ पत्रकारलाई पेन्सन वितरण

पुष्पराज अधिकारी
हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर साखाले जेष्ठ पत्रकारलाई मासिक रुपमा पेन्सन वितरण गर्ने काम शुरु गरेको छ । महासंघ मकवानपुर साखाले आज पेन्सन वितरण शुभारम्भ कार्यक्रमको आयोजना गर्दै वितरणको काम शुरु गरेको हो ।

२० वर्ष पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई पेन्सन कोष सञ्चालन गरेर त्यसको व्याजबाट पेन्सन वितरणको काम शुरु गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर साखाका पूर्व अध्यक्ष नवराज शर्मालाई पेन्सन वापतको रकम वितरण गर्नुभयो । उहाँले पेन्सन कोषमा अरु पनि रकम थप गरिने बताउनुभयो । महासंघको संस्थागत कामका लागि आफूहरु तयार रहेको मेयर महतले बताउनुभयो । नगद रकम दिनका लागि केही कठिनाइ भएपनि फेरी पनि कोष वृद्धि गर्नका लागि सहयोग गरिने उहाँले बताउनुभयो ।

करिब ४० वर्षसम्म पत्रकारिता गरेर निवृत जीवन बिताइरहनु भएका शर्मालाई चैत महिनाको चार हजार रुपैयाँ पेन्सन वापत वितरण गरिएको हो । पेन्सन कोषमा १० लाख रुपैयाँ यसअघि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको र अबका दिनमा पनि सहयोगलाई जारी राख्ने मेयर महतले बताउनुभयो ।

पत्रकार महासंघ मकवानपुर साखाले बाणिज्य बैंकमा यसअघि नै खोलीएको खातामा दश लाख रुपैयाँ जम्मा गरिएको छ । त्यसबाट व्याज प्राप्त हुन थालेको छ । त्यही व्याजबाट पेन्सन वितरणको काम शुरु गरिएको हो ।

पत्रकार महासंघका ७७ वटै जिल्लाका साखा, प्रदेश र केन्द्रमा पहिलोपटक महासंघ मकवानपुर साखाले जेष्ठ पत्रकारलाई पेन्सन वितरणको काम शुरु गरेको अध्यक्ष हरि हुमागाईले बताउनुभयो । पेन्सन सम्बन्धी कार्यविधिलाई महासंघको बितेको मंसिर २६ गतेको साधारण सभाले पारित गरेको छ ।

महासंघ मकवानपुर शाखामा आवद्ध हुनुभएका सदस्यमध्ये जेष्ठ सदस्यको वृत्ति विकास गर्नका लागि पेन्सन दिन शुरु गरिएको हो । लगातार कम्तिमा २० वर्ष मुख्य पेसा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछि प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन शुरु गरिएको अध्यक्ष हमागाईले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ठले नेपालमै पहिलोपटक मकवानपुर महासंघले राम्रो काम गरेको बताउनुभयो । प्रदेश र केन्द्रले पेन्सन कार्यक्रमको सुरुवात गर्न लागेपनि त्यो कार्यान्वयन गर्नका लागि समस्या रहेको बताउनुभयो ।

जेष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछि कोषबाट व्यय हुने गरी मासिक रुपमा चार हजार रुपैयाँ प्रदान गरिने र कोषमा रकम वृद्धि भएसँगै पेन्सन रकम पनि वृद्धि गर्ने तयारी छ । तर, कोषमा धेरै रकम जम्मा नहुने र पेन्सन लिने जेष्ठ पत्रकार वृद्धि हुँदै गएमा पेन्सन वितरणको रकम पनि घटाउने गरी कार्यविधि पास गरिएको छ ।

राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनैपनि संघ संस्था, गैर सरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईले बताउनुभयो ।

जेष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निबेदन र कागजपत्रका आधारमा सिफारिस गरिने कार्यविधिमा उल्लेख छ । सिफारिसका लागि पत्रकार महासंघ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासंघ मकवानपुर शाखाको पूर्व अध्यक्षमध्येबाट एक जना सदस्य र पत्रकार महासंघ मकवानपुर साखाको बैठकले सिफारिस गरेका एक जना महिला सहित अरु दुइजना सदस्य राखिने छ ।

मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनको लागि सोको जानकारी एकाघरको सदस्यले महासंघ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम बनाइएको छ । मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासंघको जानकारीमा आएमा लगत कट्टा गरिने महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…