Logo बैशाख ७, २०७८ मंगलबार


पानीसँग जोडिएका ज्ञानयुक्त रोचक तथ्यहरु

काठमाडौं । पानीबिना कुनै पनि जीव जीवित रहन सम्भव छैन । पानी हाइड्रोजन र अक्सिजन मिलेर बनेको हुन्छ ।

पानीको महत्व व्याख्या गरिरहनु आवश्यक छैन किनकी पानीका बारेमा र यसका आवश्यकताका बारेमा सबैलाई ज्ञान छ । आज विश्व पानी दिवस पनि हो । यस अवसरमा हामीले पानीका बारेमा केही ज्ञानपूर्ण रोचक तथ्यहरु यहाँ उल्लेख गरेका छौँ ।

१.पृथ्वीको चार भागमध्ये तीन भाग पानीले ढाकेको छ । तर त्यो पानीमध्ये पिउन योग्य पानी १ प्रतिशत मात्र छ ।

२.विज्ञानका अनुसार पानीलाई ‘यूनिभर्सल सोल्भेन्ट’ पनि भनिन्छ किनकी पानीमा अधिकांश पदार्थ घुल्न सक्छ ।

३.विश्वको ९० प्रतिशत ताजा पानी अन्टार्कटिकामा पाइन्छ ।

४.पानी धेरै पिउनाले पनि नसा लाग्न सक्छ । धेरै पानी पिउनाले हाम्रो मस्तिष्क असन्तुलित हुन जान्छ र हामीलाई नसा लागेको अनुभव हुन्छ ।

५.पानीलाई जमाइयो भने यसको घनत्व ९ प्रतिशत बढ्छ ।

६.पानीलाई तताएर बर्फ जमाइयो भने चिसो पानी जमाउन भन्दा छिटो हुन्छ ।

७.घरमा सबैभन्दा बढी पानीको प्रयोग बाथरुममा गरिन्छ । उदाहरणका लागि बाथरुममा एकपटक फ्लस गर्दा ६ लिटर पानी प्रयोग भएको हुन्छ ।

८.पानीलाई वैज्ञानिकले तीन तहमा विभाजन गरेका छन् । पानीलाई ठोस, तरल र ग्यास तीनै रुपमा पाउन सकिन्छ ।

९.जनावरमा हात्तिले ५ किलोमिटर टाढा पनि पानी भएको कुरा पत्ता लगाउन सक्छ ।

१०.पृथ्वीमा भएका नदी, खोला, पोखरी आदीमा पाइने पानी भन्दा बढी पानी हाम्रो वायुमण्डलमा फैलिएको हुन्छ ।

११.पृथ्वीमा महासागरमध्ये सबैभन्दा बढी पानी प्रशान्त महासागरमा छ ।

१२.एउटा स्वस्थ मानिसको शरीरमा ७० प्रतिशत पानी हुन्छ ।

१३.पृथ्वीमा केही यस्ता पनि जीव छन् जसको शरीरमा ९५ प्रतिशत पानी हुन्छ । १४.चीनका ७० प्रतिशत मानिस फोहोर पानी पिउन बाध्य छन् ।

१५.मानिसको मस्तिष्कको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ ।

१६.मानिसको शरीरमा १० प्रतिशत पानी कम भयो भने पनि मानिसको मृत्यु हुन सक्छ ।

१७.मानिस खाना बिना महिनौ दिन बाँच्न सक्छन् तर पानी बिना एक हप्ता बाँच्न पनि मुस्किल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।