Logo बैशाख २९, २०७८ बुधबार


‘स्पष्टीकरण दिन्नाैँ बरू ओलीका गल्तीको जवाफ माग्छाैँ’

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुले पार्टी अध्यक्षका रुपमा केपी शर्मा ओलीले आफूहरुसंग मागेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् ।

पार्टीको स्थापित मूल्य, मान्यता र विधान विपरित सोधिएको स्पष्टीकरण पत्रको कुनै अर्थ नहुने भन्दै नेताहरुले जवाफ दिन आवश्यक नभएको बताएका हुन्। प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले पार्टी विधान उल्लंघन गरेको आरोपसहित स्पष्टीकरण पत्र पठाएपछि नेपाल पक्षले ओलीलाई नै उनले गरेका गल्तीसहित त्यसको जबाफ माग गर्दै सामूहिक पत्र लेख्ने निर्णय गरेको हो ।

ओली समूहले सोमबार महासचिव ईश्वर पोखरेलको नामबाट नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिब घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई केही आरोपसहित स्पष्टीकरण पत्र पठाएको थियो ।

पत्रमा सोधिएका प्रश्नहरुको जबाफ तीन दिनभित्र लिखितरुपमा पेश गर्नुपर्ने अन्यथा विधानबमोजिम कारवाही गर्ने चेतावनी दिइए पनि नेपाल पक्षले त्यसको कुनै प्रवाह नगरिने प्रष्ट पारेको छ । पत्र प्राप्त भएपछि नेपाल पक्षले पोखरेलको स्पष्टीकरण पत्रको जबाफ नदिने बरु पार्टी अध्यक्षका रुपमा ओलीले गरेका गल्ती समावेश गरेर त्यसको जबाफ माग्ने निर्णय गरेको हो ।

उपाध्यक्ष भीम रावलले सार्वजनिक रुपमा अवैध र नक्कली केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा सोधिएको स्पष्टीकरण पत्रको जबाफ दिन आवश्यक नभएको भन्दै पोखरेलको पत्रलाई विधान विपरित र अवैध भएको बताउनुभएको छ ।

उपमहासचिब घनश्याम भुसालले ओली पक्षको स्पष्टीकरण पत्र प्राप्त गरेपनि त्यसको जबाफ दिन जरुरी नरहेको तर ओलीले यो बीचमा गरेका गल्तीको जबाफ भने लिखितरुपमै मागिने सार्वजनिक रुपमा बताउँदै आउनुभएको छ । स्पष्टीकरण पत्र अध्ययन गरिसकेपछि आफूहरु असाध्यै गम्भीर बनेको र अब ओलीलाई आफूहरुले सोध्नुपर्ने प्रश्नहरु समावेश गरेर लिखित पत्र दिइने भुसालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…