Logo जेठ ३, २०७८ सोमबार


ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षक जिम्मेवारी हुमागाँईलाई

ललितपुर । ललितपुर सिटी एफसीले मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाँईलाई दिने भएको छ ।अर्को महिना हुने नेपाल सुपर लिगमा सहभागिता जनाउन लागेको टोली ललितपुर सिटी एफसीले सोमबार पत्रकार सम्मेलन गर्दै हुमागाईलाई मुख्य प्रशिक्षक जिम्मेवारी दिने जनाएको हो ।

नेपाली शीर्ष डिभिजन लिग ए डिभिजन अन्तर्गत थ्री स्टार क्लबमा प्रशिक्षणको जिम्मेवारी निर्वाह गरिसकेका प्रशिक्षक हुँमागाईलाई जिम्मेवार दिन लागेको हो ।कार्यक्रममा बोल्दै हुमागाँईले राम्रो नतिजा निकाल्नलाई क्लबले तयारी गर्ने बताए । हुमागाईले ललितपुरलाई प्रशिक्षण गर्नु आफ्नो लागि परिक्षा भएको बताउनुभयो ।

ललितपुरले यस अघि नै राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरिसकेको छ । गत शुक्रबार भएको अक्सनबाट टोलीमा ललितपुरले अक्सनबाट १४ खेलाडीको पनि टुङ्गो लगाइसकेको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन् । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन । विराटनगर बाहेकले अन्य टोलीले प्रशिक्षक सार्वजनिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हँुदै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…