Logo बैशाख २९, २०७८ बुधबार


बिहानै स्कुल बस पल्टिँदा २ विद्यार्थीको मृत्यु

दाङ । जिल्लामा बिहानै स्कुल बस पल्टिँदा दुई जनाको ज्यान गएको छ । ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस पल्टिँदा दुई विद्यार्थीको ज्यान गएको हाे भने दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।

बस अनियन्त्रित भएर पल्टिँदा तुलसीपुर-१६ का अस्मिता डाँगी र किरण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार कोठरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको बस अनियन्त्रित भएर पल्टिएको हो । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल र राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…