Logo जेठ ३, २०७८ सोमबार


संसदमा सांसदको प्रश्न : प्रधानमन्त्री ओलीज्यू ३५ हेक्टर नेपाली भूमि भारतलाई सुम्पने योजना हो ?

काठमाडौं । भारतले दार्चुलाको महाकाली नदीमा निर्माण गरिएको तटबन्ध सम्पन्न भएपछि नेपालको ३५ हेक्टर भूमि भारततिर पर्ने देखिएको छ ।

आफ्नो भूमीमाथि खुलेआम अतिक्रमण गरेर भारतले तटबन्ध निर्माण गरिरहँदा समेत नेपाल सरकारका तर्फबाट रोक्ने पहल त परको कुरा अहिलेसम्म कुनै प्रतिक्रिया जनाउने कामसम्म भएको छैन । नेपाल सरकारको यही मौनतालाई स्वीकार वा सहमति सम्झेर भारत सरकारले खुरुखुरु तटबन्ध निर्माणको काम जारी राखेको छ । तटबन्ध निर्माण र नेपाली भूमी भारतले लैजानेबारे दार्चुलाको प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार सबैलाई जानकारी छ । तर केन्द्र सरकारको आदेश नआउदासम्म कुरेर बस्नुको विकल्प नहुने उनीहरु बताउछन् । यता गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म त्यसबारेमा चासो दिएर निर्देशन दिने कुनै सुरसार नै गरेको छैन ।

यसरी नेपालसँगको सीमा क्षेत्रमा एकतर्फी रुपमा भारतले तटबन्ध निर्माण गरिरहेकोमा सरकारले मौन सहमति गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमै प्रश्न उठाएको छ ।

मंगलवारको बैठकमा शून्य र विशेष समयमा बोल्दै सांसद्हरूले महाकालीको तटबन्द निर्माणका क्रममा भारतले हेपाहा प्रवृत्ति देखाएकोेमा चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले सीमा क्षेत्रमा निर्माणधिन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालय बेखबर रहेको बताउनुभयो । सांसद बडूले दार्चुलामा भारतले नेपाली भूमिलाई भारततर्फ पार्ने गरी भइरहेको निर्माणको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो । दार्चुला सदरमुकामको गल्फै गाउँमा नेपाल सरकारको जानकारीबिना भारतले एकतर्फी ढंगले नेपाली भूमि आफूमा समेटेर तटबन्ध बनाइरहेको तर सरकारको तर्फबाट कुनै सुनुवाइ नभएको उहाँले बताउनुभयो । सांसद बडूले ३५ हेक्टर नेपाली भूमिमा भारततिर जान लागेको बताउनुभयो । उहाँले तत्काल उक्त भूमिमा निर्माण कार्य रोक्न माग समेत गर्नुभएको छ ।

यस्तै, सांसद् जीप छिरिङ लामाले भारतको अतिक्रमणमा परेको भूभागलाई समेटेर सरकारले नक्सा प्रकाशित गरेपनि अहिलेसम्म भूमि फिर्ता नभएकोप्रति असन्तुष्ट जनाउनु भएको छ । संसद बैठकमा बोल्दै सांसद् लामाले नयाँ नक्सा समेटेर सरकारले आफूहरूलाई लोगो मात्र दिएको तर भूमि फिर्ताका लागि पहल नगरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…