Logo बैशाख ३१, २०७८ शुक्रबार


त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश विजयी

काठमाडौं । काठमाडौंमा आजदेखि शुरु भएको त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले किर्गिस्तानलाई एक शुन्य गोलले हराएको हो । बंगलादेशको जितमा किर्गिस्तानले आत्मघाती गोल मार्फत दिएको उपहार गोल नै निर्णायक बन्यो । खेलको ३० औं मिनेटमा किर्गिस्तानका खेलाडीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे । बंगलादेशका मोहमद साद उडिनले गरेको क्रसमा किर्गिस्तानका डिफेन्डर कुमारवज अलु बइमान आफ्नै पोष्टमा गोल गर्न पुगे । त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन । जितसँगै बंगलादेशले महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रतियोगितामा विहिबार नेपालले किर्गिस्तानसँग खेल्नेछ । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…