Logo बैशाख ३१, २०७८ शुक्रबार


मट्टितेल छर्केर बुहारी जलाउने ससुरा पक्राउ

बाँके । दाइजो नल्याएको भन्दै बुहारीको हत्या गरेर फरार एक अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । भनेजति दाइजो नल्याएको भन्दै मट्टितेल खन्याएर आगो लगाएर हत्या गरेका नरैनपुर गाउँपालिका-२ लक्ष्मणपुरका ७५ वर्षीय हनिफ शेष ढपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योगका अभियुक्त हनिफ नरैनपुर गाउँपालिका १ सुइयामा लुकीछिपी बसेको सूचना पाएपछि प्रहरी परिचालन भएको थियो । डुडुवा गाउँपालिका- ६ माइती भएकी २३ वर्षीया बुहारी रिहाना शेष (ढपाली) हत्या अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हनिफसँग उनकी पत्नी सहजाद खा र रिहानाका पति फरिदले हत्याको प्रयास गरेका थिए । हनिफलाई बुधबार बाँके जिल्ला अदालतमा बुझाइएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

रिहानासँग विवाहका बेला दाइजोमा मोटरसाइकल तथा नगद माग गरेको र नदिएपछि सुतिरहेको ठाउँमा मट्टितेल छर्केर आगो लगाएका कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…