Logo जेठ ३, २०७८ सोमबार


मेरुदण्ड पक्षघात भएका व्यक्तिलाई सीपमूलक तालिम दिइने

काठमाडाैं । मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको तालिम दिने उद्देश्यसाथ राष्ट्रिय भेला शुरु गरिएको छ । मेरुदण्डीय पक्षघात समूह नेपालको आयोजनामा काठमाडौंमा मंगलबारदेखि तीन दिने भेलाको आयोजना गरिएको हो ।

भेलामा देशका सबै प्रदेशबाट प्रतिनिधिमुलक रुपमा मेरुदण्डको पक्षघात भएको व्यक्तिहरुको सहभागिता रहेको छ । भेलामा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागि नेतृत्व विकास सम्बन्धी तालिम, सरकारले प्रदान गर्ने अधिकारहरुको विषयमा र स्वास्थ्यको हेरचाहको सम्बन्धमा तालिम दिइने मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकालले बताउनुभयो ।

भेलामा सहभागिहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई स्वास्थ्य समस्याको साथसाथै विभिन्न प्रकारका समस्याहरु हुने भएकाले सरकारले समाधानका निम्ति ध्यान दिनुपर्ने बताएका छन् । उपचार तथा स्वास्थ्य सामाग्रिको सहज उपलब्धता गराउनुपर्नेमा जोड दिएका छन्।

भेलामा सहभागिहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई आफूले सिकेको सीप र तालिमबारे आफ्नो प्रदेशमा गएर कार्यक्रम तालिम सञ्चालन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…