Logo जेठ ३, २०७८ सोमबार


५० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर

विकास पौडेल
काठमाडौं । बुधबार विश्व क्षयरोग दिवस नेपालमा ‘संकेत समयको क्षयरोग अन्त्यको ’ भन्ने नाराका साथ मनाइएको छ । सरकारले क्षयरोगको निशुल्क उपचार गराएपनि ५० प्रतिशत संक्रमित अझै उपचारको दायराभन्दा बाहिर रहेको आकंलन गरिएको छ ।

सरकारी तथ्याङ्क अनुुसार नेपालमा क्षयरोगका बिरामी झण्डै ४५ हजार छन । सन् २०१९ मा राष्ट्रिय क्षयरोग कार्यक्रमले गरेको एक अनुसन्धानमा नेपालभर झण्डै ६९ हजार संक्रमित हुनुपर्ने आकंलन गरिएको थियो यद्यपि सरकारी औषधि अस्पतालमा उपचारको लागि आउने बिरामी करिब ३२ हजार मात्र छन् ।

नेपाल क्षयरोग निवारण संस्थाकी वरिष्ठ चिकित्सक भावना श्रेष्ठले संक्रमित भएका व्यक्ति केही निजी अस्पतालमा उपचार गराउने भएपनि धेरै उपचारबाट छुटिरहेका हुनसक्ने र उनीहरुबाट नै यो रोग सर्न सक्ने अधिक खतरा रहेको बताउनुभयो । उहाँले त्यस्ता व्यक्तिहरुसम्म पुग्न सरकारले जनचेतना, स्वास्थ्य शिविर जस्ता अभियानलाई व्यापक रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले २०२१ सम्म ७७ वटै जिल्लामा जिन एक्स्पट विधि सञ्चालन गर्ने भनेपनि अहिले तयारी सम्म भएको देखिँदैन । सामान्य क्षयरोगको निक्र्यौल माइका्रेस्कोपिक प्रविधिबाट सम्भव भएता पनि डि आर टिबीको परीक्षणका लागि जिन एक्स्पट विधि नै आवश्यक पर्र्ने श्रेष्ठ बताउनुहुन्छ ।

क्षयरोगका बिरामीहरु अनुचित र नियमित औषधि सेवनका नगर्दा सामान्य टिबी डीआर टिबिका रुपमा परिणत हुँदै गएको छ । जसका कारण क्षयरोगको उपचारमा केही औषधिले काम नगर्ने अवस्था आउने र यसको औषधोपचार लम्बिने हुनाले पछिल्लो समय जोखिक बढ्दै गएको चिकित्सकहरु बताउँछन् । सरकारी तहबाट जनचेतना जगाउने अभियान थाल्नु जरुरी देखिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…