Logo जेठ ३, २०७८ सोमबार


काठमाडौंमा चैत्र १५ गतेबाट मेलम्चीको पानी वितरणको तयारी, प्रतिव्यक्ति ७५ लिटर

काठमाडौं । काठमाडौंमा चैत्र १५ गतेबाट मेलम्चीको पानी वितरण हुने भएको छ । हाल परीक्षण अवधिमा रहेको मेलम्ची आयोजनाको पानी चैत्र १५ बाट उपभोक्ताको धारामा वितरण गर्न लागिएको हो । तत्काल फाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिने आयोजनाले जनाएको छ ।

बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १५ बाट चरणबद्ध ढंगले पानी वितरण गरिने जानकारी दिनुभएको हो ।

‘अब चार दिनपछि हामी काठमाडौंमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गछौँ र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’

ओलीले मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दैनिक प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ । हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरूले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ ।

दैनिक दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताउनुभयो । उहाँले मेलम्ची आयोजनााके पानी लाइनबाट सिधै ७ मिटर अर्थात् अढाई तले घरसम्म वितरण गर्न सकिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…