Logo जेठ १, २०७८ शनिबार


खोपको निर्यात रोक्ने भारतको निर्णय, नेपालमा अपुग हुने चिन्ता

काठमाडौं । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भाइरसको निर्यातमा अस्थायी रुपमा रोक लगाएको बीबीसीले जनाएको छ । स्वास्थ्य मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले देशमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको उल्लेख गरेको छ ।

संक्रमण बढेसँगै केही हप्ता भारतमा नै खोपको उच्च माग हुने भएकाले केही समयका लागि खोपको निर्यात रोक्न लागिएको भनिएको छ । यो कदमलाई अधिकारीहरुले ‘अस्थायी रोक’ भनेका छन् र यसले अप्रिलको अन्त्यसम्म खोपको निर्यातमा असर गर्ने बताइएको छ । यसले कोभ्याक्स योजनाबाट पाइने खोपमा पनि असर गर्ने र यसबाट १९० वटा भन्दा बढी देश प्रभावित हुनेछन् ।

भारतको सबैभन्दा ठूलो खोप निर्माता सेरम इन्सिटिच्युट अफ इन्डियाले नेपालसहित बेलायत र ब्राजिलमा पनि खोपको आपूर्तिलाई ढिला गरिहेको छ । भारतले हालसम्म ७६ देशमा ६ करोड खोप निर्यात गरिसकेको छ । भारतको यो निर्णयसँगै नेपालमा धेरैले खोपको दोस्रो खेप नपाउने सम्भावना बढेर गएको छ । नेपालसँग करिब ७ लाख डोज खोप मात्र बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…