Logo बैशाख ७, २०७८ मंगलबार


कलेजो प्रत्यारोपण : चितवनकी उषा तामाङले आमाका लागि दिइन् आफ्नै कलेजो

काठमाडौं  । काठमाडौं उपत्यका बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

मेडिकल कलेजले आज बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नं १० का ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो । धनकुमारीलाई ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएकी हुन् । भरतपुर घर भए पनि लामाको परिवार काठमाडौं बस्दै आएको थियो । कलेजका विषेशज्ञ चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा.बरुण श्रेष्ठ, डा. सागर पौडेल लगायतको टोलीले गत चैत्र ८ गते १२ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरेको हो ।

चिकित्सकले लामाको स्वास्थ्य जाँच गराउदा कलेजो काम नलाग्ने गरी बिग्रिएकोले प्रत्यारोपणको विकल्प नभएको बताएका छन् । बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीकी छोरी उषाको शरीरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको चिकित्सकको भनाई छ ।

हाल कलेजो ग्रहण गर्ने आमा र कलेजो दान गर्ने छोरी दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको कलेजले जनाएको छ ।

विगत केही वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति, कलेजो रोगको उपचार तथा प्रत्यारोपण सम्वन्धी विषेशज्ञहरुको व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।