Logo बैशाख २, २०७८ बिहीबार


वसन्तपुर दरबारक्षेत्रका व्यापारिक प्रयोजन नहटाएकाेप्रति महानगरपालिकाको ध्यानाकर्षण

काठमाडौं । विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन नहटाएकाे प्रति काठमाडाैं महानगरपालिकाकाे ध्यानाकर्षण भएकाे बताएकाे छ । अनधिकृत रूपमा सञ्चालित व्यापारिक प्रयाेजनहरू हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको भन्दै काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण भएको जानकारी दिएको दिएकाे हाे ।

‘विश्व सम्पदा सूचिमा सूचिकृत काठमाडौंका चार सम्पदा काठमाडौं महानगरपालिका क्षेत्रभित्र अवस्थित छन्,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘ती सम्पदा क्षेत्रहरुको संरक्षण, मर्मत, जिर्णोद्धार, तथा सम्वर्द्धन गरी प्राचिनता जोगाउनु काठमाडौं महानगरपालिको दायित्व हो । त्यसैले हामीले पुरातत्व विभागलाई पटक–पटक त्यहाँका अनधिकृत प्रयोजन हटाउन ताकेता गरेका छौं। तर, विभागले ढिलासुस्ती गरिरहेको छ । हामीले ताकेता गरिरहेका छौं।’

उहाँले वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु चलेका भन्दै छिटो हटाउन आग्रह गरेको पुनः स्मरण गराउनुभयो । ‘ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वको त्यो क्षेत्र पहिला परम्परागत र बटुवामैत्री थियो । बटुवाहरु त्यहि सतलमा आराम गर्ने गर्थे,’ शाक्यले भन्नुभयो, ‘त्यस्तो पुरातात्विक ठाउँको महत्वलाई जोगाउनुपर्छ भनेर महानगरपालिकाले पुरातत्वलाई व्यापारिक प्रयोजन हटाइदिन आग्रह गरेको हो ।’

उहाँले तलेजु मन्दिरको आसपास मख्खनतिर पनि बाटो नै ढाकेर व्यापार–व्यवसाय सञ्चालन भएको भन्दै खालि गराउन आग्रह गरेको जानकारी दिनुभयो । ‘हामीलाई जानकारी भए अनुसार पुरातत्वले ती स्थान भाडामा लगाई व्यापारिक प्रयोजनमा प्रयोग गरिरहेको छ । त्यस्तो ऐतिहासिक ठाउँमा मौलिकता कायम गर्दै र बटुवामैत्री हुने गरी अघि बढ्न उहाँहरुलाई पटक–पटक हामीले मौखिकरुपमा आग्रह गर्याैं,’ शाक्यले भन्नुभयो, ‘मौखिक रुपमा धेरै पटक भन्दा चासो नदेखाएपछि महानगरपालिकाले लिखित रुपमा उहाँहरुलाई पत्राचार गरेको छ । पछिल्लो समय उहाँहरुले हटाउने बारेमा चासो गरेको र छलफल चलाएको भन्ने जानकारी पाएको छु । उहाँहरुलाई जतिसक्दो छिटो हटाउने वातावरण निर्माण गर्न पुनः आग्रह गर्छु ।’

स्थानीय बासिन्दाले समेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेको शाक्यले स्मरण गराउनुभयो । ‘स्थायनीले मसँग यो काम छिटो सम्पादन गर्नुपर्याे भनी आग्रह गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘उहाँहरुको समेत माग सम्वोधन गर्दै महानगरपालिकाले पुरातत्वलाई दोस्रो ताकेतापत्र समेत पठाइसकेको छ । आफै सम्पदा बचाउने संस्था भएकाले सम्पदा मासेर उहाँहरुले व्यापार चलाइरहनु होला भन्ने मलाई विश्वास छैन ।’

जनभावना र काठमाडौं महानगरपालिकाले गरेको पत्राचार अनुसार काम होस् भन्नेमा आफू रहेको उहाँले बताउनुभयो । ‘ऐतिहासिक ठाउँलाई ऐतिहासिक नै कायम गरेर बटुवामैत्री सतल बनाउने महानगरपालिकाको योजनालाई सहयोग गर्न आग्रह गर्दछु,’ शाक्यले भन्नुभयो, ‘मसँग मौखिक रुपमा कुराकानी हुँदा उहाँहरुले प्रक्रिया पुर्याएर हटाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यसैले उहाँहरुले अदेखा गरेर बस्नुहोला भन्ने मलाई लागेको छैन ।’

सम्पदा बचाउने सबै भन्दा जिम्मेवार निकाय पुरातत्व रहेको उहाँले स्मरण गराउनुभयो । ‘विश्व सम्पदा सूचिमा सूचिकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्यो भने अन्त पनि काम गर्न कठिन हुन्छ,’ शाक्यले भन्नुभयो, ‘हामीले अरुलाई नियन्त्रण गर्न कठिन हुन्छ । त्यो कुरा उहाँहरुले मनन् गर्नुहुन्छ भन्ने हामीले ठानेका छौं।’

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले यहि माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको जानकारी दिनुभयो । ‘वसन्तपुर हुनमानढोका दरबारक्षेत्रको वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा प्रयोग भएकोप्रति ध्यानाकर्षण भएको छ,’ उहाँले भन्नुभयो, ‘अनधिकृत व्यपार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कामय राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम ताकेता पत्र पठाई पुरातत्वलाई स्मरण गराएका छौं । उहाँहरु सकारात्मक रुपमा अघि बढ्नुहोला भन्ने अपेक्षा गरेका छौं।’

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…