Logo बैशाख ३१, २०७८ शुक्रबार


६१ वर्षकाे उमेरमा दुर्गाप्रसादकाे हातमा नागरिकता

भगीरथ भण्डारी
इलाम । इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएकाे छ । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएका तिम्सिनाले जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकताकाे प्रमाणपत्र लिनुभएकाे हाे ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि पुग्नुभएका दुर्गाप्रसादलाई प्रशासकीय अधिकृत देवीचरण फुँयालले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गर्नुभयाे । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले नागरिकता हस्तान्तरण गर्नुभएकाे थियाे ।

तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाडामा २०१७ साल साउन २० गते जन्म भएको हो ।

नागरिकता पाउँदा आफू खुशी भएको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…