Logo बैशाख ७, २०७८ मंगलबार


पत्रकारिताको अवस्था र आसन्न निर्वाचन !

–बासुदेव सेढाईँ
आगामि चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । जिल्ला, प्रदेश र केन्द्रमा एकैदिन हुने निर्वाचनको तयारिका लागि महासंघ जुटेको छ । समाजको ऐना पत्रकार जगतले मुलुकमा भएका घटनाको सत्य तथ्य बाहिर ल्याउने गर्दछ । निस्वार्थ र निस्पक्ष ढंगबाट सामाजिक विकृति विसंगति तथा गलत काम कुराको भण्डाफोर गर्दै निमुखा, गरिब, विपन्न र आवाजविहीन नागरिकहरुको आवाज बनेर उनीहरुका समस्या सम्बाेधन गर्न राष्ट्रिय हितका विषयमा सरकारलाई खवरदारी गर्ने काम पत्रकारको हो ।

सञ्चार माध्यम सरकारको रचनात्मक प्रतिपक्ष हो । राम्रो काममा समर्थन र सहयोग गर्ने र गलत कामको खवरदारी गर्ने र गलत हुन नदिने काम पत्रकारकाे हाे। राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, सुशासन, मानवअधिकार, विधिको शासनको पक्षमा निरन्तर अडिग रहनुपर्छ ।

पत्रकार भन्नासाथ स्वतन्त्र, निस्पक्ष र तटस्थ संस्था भन्ने बुझिन्छ । यसमा आग्रह पूर्वाग्रह हुँदैन तर पछिल्लो समय के साँच्चिकै पत्रकारको संस्था स्वतन्त्र निस्पक्ष र तटस्थ छ त ? के पत्रकारको धर्म मूल्य मान्यता मापदण्ड अनुसार चलेको छ त ? यो प्रश्न छ पत्रकार स्वतन्त्र र निस्पक्ष नभए कसरी समाचार स्वतन्त्र र निस्पक्ष आउछ ? राज्यको चौथो अंगको रुपमा स्थापित पत्रकार महासंघ एउटा साझा संस्था होईन र फेरि किन पत्रकार भित्र पनि विभिन्न संगठनहरु किन र के का लागि ?

राजनीतिक दलका भातृ संगठन जस्तै गरेर संचारमाध्यम भित्र पनि विभिन्न संगठन हुनु कति राम्रो हो ? पत्रकारिता पेसा अत्यन्तै कठिन तर सम्मानित र प्रतिष्ठित पेसा हो । विना पारिश्रमिक आफ्ना घरपरिवारको भन्दापनि देश र नागरिकको सेवामा २४ घण्टा खट्नुपर्ने हुन्छ भने कतिपय अवस्थामा वास्तविक समाचार लेखेकै भरमा असुरक्षित महसुस गर्नुपर्ने अवस्था पनि छ तर पनि यस्ता कठिनाइसँग जुधेर जब एउटा पत्रकारले कलम समात्छ तब उसले त्यो कलमको धर्म निर्वाह गर्नुपर्ने हुन्छ ।

पत्रकारहरुले आफ्नो पेशालाई कसरी मर्यादित, सम्मानित र प्रतिष्ठित बनाउने त्यो उनीहरुकै हातमा हुन्छ । पत्रकारको कलम त्यस्तो शक्ति हो जसलाई देख्नासाथ खराब विचार बोकेका गलत धन्धा गर्नेहरु काँप्नु पर्छ । आर्थिक प्रलोभन वा अन्य कुनैपनि प्रलोभनमा परेर पत्रकारिताको धर्म विपरीत काम भयो भने त्यो गम्भीर अपराध हुनेछ ।  त्यसैले आम नागरिकको विश्वासको आधार पत्रकारहरुले त्यस्तो गतिविधि गरेका पनि छैनन् र गर्न पनि हुँदैन ।

नजिकिँदै गरेको निर्वाचनबाट आउने नयाँ नेतृत्वबाट समग्र पत्रकारिता क्षेत्रमा भएका विकृति विसंगतिको अन्त्य र पत्रकारको हकहित अधिकारका लागि नयाँ आशा र अपेक्षा हुन्छ नयाँ नीति नयाँ विचार आउनुपर्छ । श्रमजीवी पत्रकारको हकहितका लागि नीति बनोस् । सञ्चारमाध्यममा राजनीति नहोस्, स्वतन्त्र र निस्पक्ष संस्था बनोस्, पत्रकारका हकहित र उनिहरुको सुरक्षा विशेष ध्यान जाओस्, आम नागरिकहरुले आशा र भरोसा गर्न लायक बनोस्, कुनैपनि प्रलोभनमा परेर राष्ट्रिय हित र आम नागरिकको हित विपरीत रत्तिभर पनि क्रियाकलाप नहोस्, निमुखाहरुको आवाज बनिरहोस्, गौरव गर्न लायक संस्था बनोस् । आगामी निर्वाचनबाट निर्वाचित भएर आउने नेतृत्वबाट हाम्रो यही आशा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।