Logo बैशाख ३०, २०७८ बिहीबार


नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा.फहाद अलजुलन्दा अल साइदिबीच उहाँको कार्यकक्षमा भएको भेटघाटमा सहकार्य गर्ने सहमति भएको हो ।

कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको मस्कटस्थित नेपाली दूतावास ओमानले जनाएको छ । अनुसन्धान तथा प्राज्ञिक विषयमा समेत थप सहकार्यका लागि छलफल नियमित गर्ने सहमतिसमेत भएको जनाइएको छ ।

यस अवसरमा विश्वविद्यालयका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सहायक उपकुलपति मोना फहाद अल साइदी, अन्तरराष्ट्रिय सहयोग कार्यालयका उपनिर्देश फात्माअल खुजैरी र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…