Logo बैशाख २, २०७८ बिहीबार


नेपाल–खनाल समूहको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल समूहको केन्द्रीय समिति बैठक शुरु भएको छ । कलंकीस्थित मेगा बैंक्वेटमा बैठक शुरु भएको हो ।

बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

नेपाल–खनाल समूहका केन्द्रीय सदस्य राजेन्द्र राईका अनुसार पार्टी भित्र देखिएको पछिल्लो विवादका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बैठकबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विधानअनुरूप काम गर्न र विधानभित्र रहेर पार्टी बैठकहरू सञ्चालन गर्न सामूहिक दबाब दिने तयारी गरिएको छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र नेपाल समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबीच देखिएको विवादका कारण दुबै समूहले छुट्टाछुट्टै बैठक गर्दै आएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समूहले आफ्नो समूहको बैठक राखेर विधान संशोधन गर्ने, पदमुक्त गर्ने, जिम्मेवारी तोक्ने लगायतको काम गर्दै आएको छ भने नेपाल पक्षले पनि समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।