Logo बैशाख ३१, २०७८ शुक्रबार


नेपालमा बनेको विश्वकै महंगो ब्राण्ड

काठमाडाैं । नेपाल कृषि प्रदान मुलुक भनेर चिनिन्छ । यहाँ औधोगिक विकास खास्सै हुन सकेको छैन । त्यसैले पनि नेपालमा एउटा सियो पनि बन्दैन भनेर नेपालीहरुले नै व्यांग्य गरिरहेको सुन्न पनि पाइन्छ । तर नेपालमा उत्पादन भएर विदेशमा निर्यात हुने धेरै सामानहरु छन् । त्यसमध्ये नेपालका केही ब्राण्ड त विश्वमा नै महंगो ब्राण्ड मध्ये समेत पर्ने गरेका छन् । नेपालमा सामाग्रीहरु विश्व प्रसिद्ध पनि छन् । जसका बारेमा हामी धेरैलाई थाहा नहुन सक्छ ।

आज हामीले विश्वकै महंगा ब्राण्डमध्ये ५ वटा नेपाली ब्राण्डका बारेमा यहाँ चर्चा गरेका छौँ ।

–कोबोल्ड एभरेष्ट घडि
कोबोल्ड एभरेष्ट कम्पनि दुनियाँको सबैभन्दा महंगो घडि बनाउने कम्पनि हो । यस कम्पनिको सुरुवात २०१२ मा नेपालमा भएको थियो ।

यस कम्पनिबाट बनेको एभरेष्ट एडिसन घडि दुनियाँको सबैभन्दा मंहगो घडि हो । यस घडिको मूल्य २९ हजार पाँच सय डलर अर्थात नेपाली ४५ लाख मूल्यसम्म पर्छ । शुरुमा नेपालमा यो घडि बनाउने नेपालीलाई दुई वर्षको तालिम दिइएको थियो । नेपालको महंगो घडिमा आज पनि यो घडि पर्ने गर्छ ।

गोर्खा लेदर

गोर्खा लेदर विश्व प्रसिद्ध ब्राण्ड हो । यो विश्वका महंगा लेदरमध्येको एक मानिन्छ । यस कम्पनिको सुरुवात एक रिटायर गोर्खा आर्मीले गरेका थिए । यस लेदरको मूल्य १५०० डलरदेखि ४–५ हजार डलरसम्म पर्छ । यसबाट बनेको सानो ब्यागको मूल्य पनि लाखौँ रुपयाँबाट शुरु हुन्छ ।

यार्सागुम्बा वीस्की

यार्सागुम्बा वीस्की एक फेमस वीस्की हो । यो शुरुमा ११ हजार बोतल मात्र बनाइएको थियो । जसमध्ये १० हजार नेपालमा र एक हजार विदेशमा बेचिएको थियो । यो महंगो वीस्की अन्तर्गत पर्छ ।

हिमालयन पेट सप्लायी

यो कम्पनि नेपालको सबैभन्दा ठूलो घरपालुवा जनावर सप्लाइ गर्ने कम्पनि हो । यो कम्पनि २००३ मा तीन जना साथीहरु मिलेर खोलेका थिए । यस कम्पनिको उत्पादन चीन, जापान, अमेरिका, अस्टे«लिया लगायतका देशमा सप्लाइ हुने गर्छ । यो अहिले मिलियन कम्पनिमा छ र चाँडै बिलियन बन्दै छ ।

शेर्पा एडभेन्चर गेयर

यस कम्पनिका सामान दुनियाँभरका मुलुकमा बिक्री हुने गर्छ । यस कम्पनि २००३ सालमा स्थापना भएको थियो । यो पनि विश्वका महंगा ब्राण्डमध्येको ब्राण्ड हो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…