Logo बैशाख ३१, २०७८ शुक्रबार


डाक्टरको लापरवाहीले एक बिरामीको मृत्यु

रामभरोसि यादव
सिरहा । जिल्लाको नरहा गाउँपालिका–३ नाया चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरका डाक्टरको लापरवाहीका कारण एक वृद्धको मृत्यु भएको छ ।

सहि उपचार नहुँदा र समयमा अन्यत्र उपचारको लागि रेफर नगर्दा नरहा गाउँपालिका–३ डन्डाटोलका ६४ वर्षीय रामसुफल
महतोको बिहीबार मृत्यु भएको मृत्कका छोरा लालबिहारी महतोले बताउनुभयो ।

बान्ता आउने र उच्च रक्तचाप भएर ९ गते सोमबार महतोलाई हेल्थ केयरमा भर्ना गरिएको परिवारजनले जनाएको छ । भर्ना भएकै दिनदेखि
बिरामीमा खासै सुधार नआएपछि छोरा लालबिहारीले डाक्टरलाई पटक पटक अन्यत्र रेफर गर्न भनेपनि यहिँ ठिक हुन्छ भन्दै चिकित्सक संजय यादवले जबरजस्ती राखेको छोरा लालबिहारील जनाउनुभयो ।

उहाँले अन्तिममा आफ्नो केही नचलेपछि वडा अध्यक्ष अनीसुल मियालाई ल्याएर भन्न लगाई बिहीबार साँझ विराटनगर लग्ने क्रममा बाटोमै मृत्यु भएको बताउनुभयो । चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन्

चिकित्सक संजय यादव फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी सिरहाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…