Logo बैशाख ५, २०७८ आइतबार


‘नेपालमा कार्टुन हिजो र आज’ पुस्तक विमोचन

काठमाडौं । लेखक केशवराज खनालद्वारा लिखित पुस्तक ‘नेपालमा कार्टुन हिजो र आज’ विमोचन गरिएको छ । नेपाल ललितकता प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले शुक्रबार एक कार्यक्रमको आयोजना गरि पुस्तक विमोचन गरेको हो ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के कर्माचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यबाट पुस्तक विमोचन गरियो ।

कार्टुनिष्ट क्लव अफ नेपालका अध्यक्ष वासु क्षितिज, वरीष्ठ कार्टुनिष्ट अविन श्रेष्ठ, पत्रकार महासंघका महासचिव रमेश विष्ट लगायतले कार्यक्रममा बाेल्दै पुस्तकबारे समिक्षा गर्नुभयाे ।

महासचिव विष्टले कार्टुन भविष्यका लागि कुने पनि कुराकाे सन्दर्भ सामाग्री हुने भएकाले याे कार्टुन महत्वपूर्ण भएकाे बताउनुभयाे । उहाँले इतिहासका कतिपय कार्टुनहरू नै अहिले खाेज अनुसन्धानका विषयमा सहायक बन्ने गरेकाे बताउँदै खनालद्वारा लिखित पुस्तक ‘नेपालमा कार्टुन हिजो र आज’ पनि भाेलिका लागि इतिहास बन्ने र खाेज सामाग्रीकाे लागि सहायक हुने बताउनुभयाे ।

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।