Logo बैशाख ७, २०७८ मंगलबार


काठमाडौंको हावा फेरि संसारकै प्रदुषित (फाेटाेफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेको छ । शुक्रबार काठमाडौं उपत्यकाको आकाश एक्कासी तुवाँलोले ढाकेको देखिएको छ ।

बाहिरको वातावरण घाम नलागेको र पानी पर्ला जस्तो धुम्म भएको छ । बाहिर निस्किँदा मानिसहरुको आँखा पोल्ने समस्या पनि भइरहेको छ ।

शुक्रबार काठमाडौं संसारका प्रदुषित हावा भएका सहरमध्ये पहिलो स्थानमा पुगेको हो । काठमाडौंपछि चीनको राजधानी बेइजिङ र भारतीय सहर मुम्बई प्रदुषित हावा भएका सहरमा परेका छन् ।

धुवाँधुलोकै कारण आवश्यक भिजिबिलिटी नपुगेपछि त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल समते बन्द गरिएको छ । हवाई उडानका लागि ८ सय मिटरसम्म देखिने हुनुपर्छ। तर धुलोका कारण भिजिबिलिटी त्यो भन्दा कम रहेको बताइएको छ ।

लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण प्रदुषण भएको बताइएको छ ।

 

तस्बिर : हनिशराज पन्त/जनतासमाचार

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।