Logo बैशाख ३१, २०७८ शुक्रबार


वायु प्रदुषण बढेपछि घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेपछि अनावश्यक रुपमा बाहिर ननिस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । शुक्रबार उपत्यकाको वायु प्रदुषण बढेपछि मन्त्रालयले विज्ञप्तिजारी गरी आवश्यक नपरी बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको हो ।

मन्त्रालयले घर बाहिर खुला स्थानमा नबस्न, नखेल्न, मर्निङवाक गर्न नजान र सम्भव भएसम्मका काम घरमै बसेर गर्न आग्रह गरेको छ । यसरी अचानक बढेको प्रदुषणबाट आकस्मिक रुपमा बच्न फोहोरमैलाको व्यवस्थापन राम्रोसँग गर्ने र फोहोरलाई नजलाउन र कसैले जलाएको देखिएमा निरुत्साहित गर्न समेत आग्रह गरेको छ ।

मन्त्रालयले धुलो धुवाँ उड्ने खालका पेशा व्यवसाय केही दिनलाई बन्द गर्न भनेको छ । तत्कालीन अवस्थामा अत्यावश्यक नभइ सवारी सधान समेत नचलाउन मन्त्रालयको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…