Logo बैशाख ३१, २०७८ शुक्रबार


कविता : भूतहरू

-दिनेशविक्रम थापा

रातबिरात भूतहरू
आउँछन मेरो वस्तीमा
तर्साउछन मान्न्छेहरूलाई
मैले,
पटकपटक भूतहरू देखेको छु वस्तीभरी ।

भूतहरू,
असाध्यै राम्रा हुन्छन्
सुकिला, मिलनसार
औधी मीठो वोल्छन्
राती,
सेतो पोशाकमा खुल्छ अनुहार उनीहरुको ।

भूतहरू,
शक्तिका भोका हुन्छन्
त्यसैले,
हरक्षण सत्ता चाहान्छन
अर्धभूमिगत वा भूमिगत दिनचर्यामा रमाउछ्न्
जब साँझ छिप्पिदै जान्छ
तब वस्तीतिर लाग्छन् उनीहरु मान्छे तर्साउन ।

भूतहरु,
छ्ल्न असाध्यै सिपालु हुन्छन्
मानेसम्म फकाएर
नमाने धम्काएर जसरी हुन्छ छल्छन्
लट्ठ पार्छन् मान्छेलाई
वन्दुकसित,
अपूर्व प्रेम वढेको छ
बन्दुक छाड्छौं भन्छन्
अहँ छाड्दैनन् उनीहरु
भन्छन्,
मान्छेहरु बन्दुकसित मात्र तर्सन्छन् ।

भूतहरु,
नन्दीहरुको घेरावन्दी रूचाउछन्
गुटवन्दीको
अनौठो संस्कृति जमेकोछ भूतहरूको जुलुसमा
तर उनीहरु एक देखिन्छन् खानेकुरामा ।

भूतहरु,
शान्ति र समृद्धिका कुरा गर्छन्
देश आफूले वोकेको झैं
नाटक गर्छन्
सत्ताको लागि सधै एक हुन्छन्
अचेल,
भूतहरुको भान्सा फरक छ
जुलुस पनि फरक छ
एकले अर्कोलाई सत्तोसराप गरेका छन्
भोलिको सत्ता समीकरणको चिन्तामै
डुवेका छन् ऊनीहरु ।
म पनि भूतजस्तै भएको छु
छलेछ कि भूतको छायाँले,

करौतीले सुन्दर सपनाहरु चिरिरहेछु
निरन्तर ।

रातबिरात भूतहरु
आउँछन मेरो वस्तीमा
तर्साउछन् मान्छेहरुलाई
मैले पटकपटक भूतहरु देखेको छु
मेरो वस्तीभरी ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…