Logo बैशाख ७, २०७८ मंगलबार


कथा : सम्बन्ध

–गीता ज्ञवाली

शिवरात्रीको दिन साँझपख । त्यसदिन म फरक विषय र प्रसङ्गले पशुपति परिसर भित्र पुगेकी थिएँ । दर्शन गर्नेहरुको लाइन तिलगङ्गा आँखा अस्पतालसम्म थियो भने अरु तर्फका लाइन पनि सायद लामो नै हुँदा हुन् । त्यहाँ सबैलाई सहजै भित्र छिर्न दिइएको थिएन, मान्छेहरु विहानैदेखि लाइनमा थिए । त्यसैले दर्शन गर्न सहज थिएन । मैले आफ्नो भित्र जानुको कारण बताएपछि अनुमति पाएँ र भित्र छिरें ।

म शिवरात्रीको बेला कमै पशुपति जाने भएकोले हो या यो बेला बढी नै हुन्, मान्छेहरुको उपस्थिति निकै बाक्लो लाग्यो । साँझको समयमा पनि बाटो छिचोल्न निकै कठिन भएको थियो मलाई । म खाली ठाउँमा बसेका मान्छेहरु हेर्दै र नियाल्दै अगाडि बढिरहेकी थिएँ । वास्तवमा त्यो भींडभित्र म कसैलाई खोज्दै थिएँ ।

यसरी अगाडि बढ्दै जानेक्रममा त्यो भींडमा कोही चिच्यारहेका थिए, कोही रोइरहेका थिए, कोही झुमिरहेका र कोही भजन गरिरहेका, कोही नाचिरहेका देखिन्थे । आर्यघाटका कुनै चिता खाली थिएनन् । सबै चितामाथि लाशहरुमा आगो दन्किरहेका देखिन्थे । वाग्मती पारि आरती र विभिन्न जातजातिका नृत्यहरु चलिरहेका थिए । हेर्ने, हुटिङ गर्ने दर्शकहरुको पंक्तिले पशुपति परिसर खचाखच थियो । यहाँसम्मकी ब्रह्मनाल खाली नभएकोले जलाउन ल्याइएका लाशले समेत पालो कुरिरहेको थियो । यो दृश्य त मेरा केवल चर्मचक्षुले मात्र नियालीरहेका थिए, मेरो ध्यान भने मेरो उद्देश्य तर्फ नै केन्द्रित थियो ।

त्यहाँको परिदृश्य आफ्ना मानसपट्टलमा कैद गरेर म फर्किएँ । तर बाटोभरि मेरो साँघुरो मानसपटलमा त्यही परिदृश्यले पछ्याइरहे । आँखा खोल्यो कि त्यही, बन्द ग¥यो कि त्यही । म घरमा पुग्दा करिब नौ बजेको हाराहारी भएको हुँदो हो । घरमा पुगेर खानपिन गरी आफ्नो दैनिक कार्य सकेर म विश्रामतिर लागें । मेरो मासपटलमा कैद भएका दिउँसोका ती दृश्यहरु झन् झन् ताजा हुँदै गए । त्यही मानसिकतामा विभिन्न् तर्कवितर्कसँग पौंठेजोरी खेल्दाखेल्दै मेरो मनमा एउटा कथा फुर्यो । जुन यसप्रकार छ ।

“मैले सम्झने, बुझ्ने चिन्ने बेला हुँदासम्म म उसप्रति पूरै समर्पित भैसकेकी थिएँ । मैले हाँस्नुपर्दा उसको सहारा चाहिन्थ्यो, रुनुपर्दा उसको आँशु चाहिन्थ्यो, अनि भोक लाग्दा उसकै पेट । ऊ मेरो हरेकपलको साथी थियो, मेरो अस्तित्व उसमा थियो भने उसको अस्तित्व ममा । हामी पूरक थियौं, हाम्रो सम्बन्ध विल्कुल सबैको भन्दा फरक थियो । हुन त म उसँग जोडिनुको उद्देश्य के थियो, मलाई पनि थाहा छैन तर म उसकै दुनियाँमा रमाईरहेकी थिएँ । ऊ जहाँ जान्थ्यो, म त्यही हुन्थें । कहिले फकाउँथ्यो भने कहिले रुवाउँथ्यो । कहिले मेरो कुरा मान्थ्यो भने, कहिले मलाई मनाउथ्यो । यसरी दिनहरु बितिरहेका थिए । वास्तवमा यो सबैकुरा देखिरहेको साक्षीको रुपमा मात्र समय थियो । उसैले हामीलाई डो¥याइरहेको थियो ।

अरुका अघिपछि र घर बाहिर जेजस्ता व्यवहार भएपनि आन्तरिक रुपमा हाम्रो सधैं द्वन्द्व नै भैरहन्थ्यो । म साध्य हुन खोज्थें, ऊ साधन । हुन पनि ऊ मेरो साधनको रुपमा प्रयोग भएझैं लाग्थ्यो मलाई र सायद उसलाई पनि । म खान्थें–उसकै लागि, लगाउँथें–उसकैलागि, पढ्थें, बढ्थें सबै उसकैलागि । तर, उसले भने आफ्नो लागि गथ्र्यो यी सब कुराहरु । उसमा र ममा केवल यतिमात्र फरक थियो । भौतिक रुपमा म अपाङ्गता भएको थिएँ । त्यसैले हरपल म उसको विचारको गुलाम थिएँ । मेरा सबै काम उसले गर्नुपर्ने भएर होला मैले उसका सबै कुरा मान्नु पथ्र्यो । के ठिक के बेठिक । यसरी बालक, किशोर, युवक, अधवैंशै हुँदै प्रौढ अवस्थातिर विस्तारै ढल्किरहेको अवस्थासम्म आइपुग्दा पनि हामीबीचको अन्तरद्वन्द्व निरन्तर चलिरहेको थियो ।

अब त उसले मलाई निकै पीडा दिने क्रम बढ्न थाल्यो, साथ दिने क्रम भने घट्न थाल्यो । मैले भनेको उसको मनले बुझ्थ्यो, तर केही गर्न सक्दैथ्यो । मैले बारम्बार दुखाई दर्दहरु मात्र पाउन थालें । कहिलेकाही त म अब यसलाई छोडूँ छोडूँ जस्तो लाग्थ्यो । पहिला पनि कहिलेकाहीँ यस्तो नभएको चाहिं होइन । कैंयौं पटक त मैले यसलाई छोड्ने माध्यमहरु पनि नखोजेको होइन तर पछि सोंच्दै जाँदा उसका परिवारको विचल्ली र उसलाई माया गर्नेहरुको उसप्रतिको सद्भाव, अनि मैले उसलाई छोड्ने अवस्थाको उसको पीडा देखेर म पछाडि हच्केकी छु । हुन पनि उसलाई रुचाउनेहरु धेरै थिए, आफन्त, साथीभाइ, इष्टमित्र जो ऊविना अधुरा थिए र मैले समयको निर्देशन नपाउँदासम्म उसलाई साथ दिनुपर्ने थियो । केवल उसले मेरो अस्तित्वको ख्याल गथ्र्यो ।

लाग्थ्यो, ऊ केवल आफ्नाहरुको लागि बाँचिरहेको थियो । यसरी चल्दै जाँदा मेरो र उसको सम्बन्धकै कारण म अब वाक्क भैसकेकी थिएँ, केवल समयको आदेशको पखाईमा थिएँ । एकदिन ठूलीएकादशीको दिन थियो । समय मसँगै थियो र म उसका पीडाबाट तड्पीरहेको देखेर समयले भन्यो–अब तैंले उसको साथ छोड्नुपर्छ । केही सेकेन्ड भित्रमा । कुरैकुरामा मैले उसको साथ छोडिदिएँ । म अब निस्फिक्री थिएँ । म उसको बन्धनबाट मुक्त थिएँ र रमाइरहकी थिएँ । तर वास्तवमा अब उसलाई मैले मात्र नभएर उसका परिवार, आफन्त, साथीभाइ, इष्टमित्र सबैले साथ छोडिसकेका थिए, उसलाई त्यागिसकेका थिए । ऊ अब निशब्द र निष्प्राण भैसकेको थियो ।

वास्तवमा अब ऊ फरक दुनियाँमा प्रवेश गरिसकेको थियो भने म फरक दुनियाँमा । हाम्रा बाटा अलग थिए, उद्देश्य अलग थियो । अस्तित्व अलग थियो । साँच्चै भन्ने हो भने मलाई मैले नै चिन्न सकिरहेकी थिइनँ, र छैन पनि । तर भन्नेहरु भन्नेगर्छन् तँ प्राण होस्, आत्मा होस्, परमात्मा होस् र कोही भन्छन् जीवात्मा होस् । तर उसलाई त सबैले र मैले पनि चिनिरहेकै थियौं । ऊ त केवल शरीर थियो । मबाट छुटेपछि विलिन भयो । म त्यस्तै चक्रमा परिक्रमा गर्दै घुमिरहेछु, अर्को ऊ जस्तै साथीको खोजीमा ।

बालकोट, भक्तपुर

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।